स्रष्टाहरू सम्मानित

श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो ।

साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको समारोहको सञ्चालन प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ ले गर्नुभयो । कार्यक्रममा बरिष्ठ गीतकार प्रेमविनोद नन्दन लगायतका विभिन्न स्रष्टाहरूले कविता, गीत, गजल वाचन र गायन गरे ।

Similar Posts

  • बाणीमा कविगोष्ठी

    असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • ‘अमूल्य जीवन’को लोकार्पण

    गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

2 Comments

  1. आदरणीय नवराज सुब्बाज्यू,
    नमस्कार !
    तपाईंको व्यक्तिगत वेभसाइटमा पल्लव साहित्य सम्मान तथा पुरस्कारसम्बन्धी समाचार प्रकाशन गर्नुभएकोमा खुसी लाग्यो । यसबाट सम्मानित गर्ने संस्था र सम्मानित हुने स्रष्टाहरुमा हौसला बढ्ने मैले निर्योल गरेको छु । तर उक्त समाचारमा प्रमुख अतिथिको अगाडि प्रा.डा. लेखिएको मैले पाएँ । उहाँ प्रा.डा. हुनुहुहुन्न । तसर्थ सुधार गरी पुनः प्रकाशन गर्नुहुन अनुरोध छ ।
    — दीपेन्द्रकुमार जोशी ‘निक’
    संस्थापक सदस्य
    पल्लव साहित्य प्रतिष्ठान

Leave a Reply