Folk song album released

Biratnagar Nepal.

‘Himalaima Hiun’ folk song album collected by Nawa Raj Subba has been released. Senior Singer L.P. Joshi released the fifth musical album of Subba in a ceremony at Biratnagar. Folk tunes of Eastern nepal and Limbu culture are included in the album. Artists, writers, journalists were present in the ceremony. Nawa Raj Subba, Parash Mani Baral, Sumit Khadka and Sajan have sung in different five songs of the album.

चैत्र १, २०७० विराटनगर नेपाल ।
नवराज सुब्बाले पूर्वेले लोकलयमा आधारित गीति एल्बम बजारमा ल्याएका छन् । सुब्बाको संकलन, स्वर र रचना रहेको लोकगीत एल्बम ‘हिमालैमा हिउँ’ लाई आज विराटनगरमा वरिष्ठ लोकगायक एल.पी.जोशीले लोकार्पण गर्नुभयो । जोशीले एल्बमको चर्चा गर्दै सुब्बाको गायकीमा लोकगीतको मौलिक शास्त्रीयता मुखरित भएको बताउनु भयो । समारोहमा वाणी प्रकाशनका अध्यक्ष तथा साँस्कृतिककर्मी खेम नेपालीले सुब्बाका लोकगीतहरूमा पूर्वी पहाडी भूभागको साँस्कृतिक र साँङ्गीतिक सौन्दर्यको प्रचूरता भएको बताउनु भयो । कार्यक्रममा साहित्यकार अनिल पौडेल, धनकुटे कान्छा, नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र विष्ट लगायतले लोकगीतको महत्व र एल्बमका सर्जकलाई शुभकामना व्यक्त गर्नु भयो । एल्बम विमोचन कार्यक्रममा संगीतकर्मी, कलाकार, साहित्यकार तथा संचारकर्मीहरूको उपस्थिति थियो । सुब्बाले यस अघि देशभक्ति, गजल र आधुनिक गीत गरि चार एल्बमहरू बजारमा ल्याइसकेका छन् । bimochan_-himalaima-hiun-L

Similar Posts

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • प्रतिबिम्ब भाग- २ भिडियो विमोचित

    असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो । आफ्नो ५०…

  • बीच बाटोमा ब्यूँझेर बिमोचन

    काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो । साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो । यो…

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

Leave a Reply