अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप

अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर
अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

१. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर
लेखक : डा. कृष्णप्रसाद दाहाल
विधा : समालोचना
प्रथम संस्करण : २०६७
Preview/Download

‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन

कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी भावधाराबाट आपूmले प्रत्यक्ष देखेका र भोगेका विषयलाई सजाएका छन् । राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावनाले यो कृति उचालिएको छ । आफू जन्मेको गाउँको मात्रै होइन आफूलाई जन्म दिने ममतामयी माताप्रति कवि छताछुल्ल भएर पोखिएका छन् । आफ्ना भाइप्रति, ससुराप्रति मात्रै होइन सतार र राउटेप्रति पनि कवि सुब्बा त्यतिकै मानवीय भावले प्रस्तुत भएका छन् । प्रेम, माया र करुणाका विषयलाई पनि यहाँ सजाइएको छ । नारी संवेदनाका विषयहरूमा कवि बढी द्रवीभूत भएका छन् । नारी हक, हित र स्वतन्त्रताका निम्ति उनले बुलन्द आवाज उरालेका छन् । मातृशक्तिका रूपमा नारीलाई स्वीकारेर उनीहरूको सम्मान गर्नुपर्ने धारणा राखिएको छ ।

शैली


चार हरफका मुक्तकीय शैलीका कवितादेखि लिएर उनासीओटा हरफसम्मका कविताले यहाँ स्थान पाएका छन् । मूलतः २०६२/२०६३ को जनआन्दोलपछि लेखिएका कविताहरू भएका हुनाले कविले लोकतान्त्रिक मूल्य र मान्यताका कुराका साथै नयाँ नेपालको सुखद कामना गरेका छन् । आपसी कलह, द्वेष र द्वन्द्वलाई निमिट्यान्न पारेर शान्तिलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने आग्रह गरेका छन् । स्वार्थी, नीचता र पछौटेपनको कविले सबैतिर विरोध जनाएका छन् । अग्रगमनको बाटो समाएर ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’ को चाहना प्रस्तुत गर्दै आध्यात्मिक चेतनातर्पm कविले आपूmलाई झुकाएका छन् । गाई र माईलाई समकक्षी राखेर वात्सल्यको महिमा गाएका छन् । यो यस कविताको विशिष्ट पक्ष हो । बालअधिकारको सम्मानतर्पm पनि कविको काव्यिकचेतना मौलाएको छ । राष्ट्र, राष्ट्रियता र मानव हक, हित विरुद्धका जति पनि गाली–सरापहरू छन् तिनीहरूलाई बीच बाटोमा ब्यूँझेर बगाऔं भन्ने सन्देश दिनु नै यस कवितासङ्ग्रहको विशेषता हो । यही विशेषताले यस कृतिले उच्चता प्राप्त गरेको छ ।

अर्थवह, प्रतीकवह र भावोद्वेलक कृति

कवि नवराज सुब्बाको ‘बीच बाटोमा व्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन प्रा. बालकृष्ण पोखरेलले यसरी गरेका छन् ः “कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधक उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षण नमूना बनेका छन् ।” वर्तमानलाई कवि सुब्बाले जस्ताको तस्तै काव्यात्मक बान्कीद्वारा प्रस्तुत गरेका छन् । प्रतीक र बिम्बविधानको सही किसिमले आयोजना गरिएको हुनाले कृति उत्कृष्ट बन्न पुगेको छ । मूलतः देशभित्रको विविध विषयलाई कविले यहा“ पस्किएका छन् : “वि.स. २०६३ सालमा रचना गरिएका कविताहरूको प्रस्तुत सङ्गालो, बीच बाटोमा ब्यूँझेर तपाईको हातमा छ । यसभित्रका कविताहरू झापा, मोरङ, काठमाडौं, नदी लुक्ने सहर पोखरा, बुद्ध जन्मेहुर्केका जिल्ला रूपन्देही, कपिलवस्तु अर्थात् नेपालभित्रै रहेर बसेर लेखिएका हुन् र मेरा सिर्जनाहरू आजको समयले अनुभव गरेका आºनो देशभित्रैका विषयवस्तुमा केन्द्रित छन् ।” देशको अभिलेख हो ‘बीच बाटोमा ब्यू“झेर’ ।नेपाली भूगोल र नेपाली जातिलाई यहाँ चिनाइएको छ । देशले ऐतिहासिक मोड लिएको समय त्रिसट्ठी सालले नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न तुल्यायो । यसैलाई कविले यस सङ्ग्रहको भूगोल बनाएका छन् ।

कविता सीमान्तीकृत, मार्जिनल जीवनका

नेपाल देश र नेपाली जातिप्रति कविले यहाँ औधी माया प्रकट गरेका छन् । नवराजका कविताहरूको मूल्याङ्कन गर्दै डा. गोविन्दराज भट्टराईले आफ्ना अभिमत यसरी राखेका छन् ः “नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् , सहअस्तित्वबोधका कविता ।” सतारको सम्बोधन, राउटेको मन, अगेनामा, कुष्ठरोगी † बस मेरो कवितामा कविले नेपाली जनताको यथार्थलाई सम्बोधन गरेका छन् । पिछडिएका असहाय, दीन, हीन नेपालीको पीडालाई सहज र सरल ढङ्गले लिपिबद्ध गरिएको छ । यिनै विशेषताका उचाइबाट नवराजका कविताहरू उचालिएका छन् । मानवीय मनोविज्ञानलाई उनी राम्ररी समाएर कविता लेख्न सक्छन् । यसको उदाहरणको रूपमा ‘अर्थहीन पीडा र खुसीहरू’ कवितालाई लिन सकिन्छ । आपूm समाजशास्त्र, मानवशास्त्र र जनस्वास्थ्यको विद्यार्थी हुनुको नाताले समेत कविले त्यससम्बन्धी विषयहरूलाई कवितामा सतर्कताका साथ सजाएका छन्।

समाजशास्त्र र जनस्वास्थ

यस सम्बन्धमा उनी भन्छन् ः “समाजशास्त्र र जनस्वास्थ जुन मेरो कर्मक्षेत्र हो, यसमा विद्यमान समसामयिक प्रश्नहरूलाई पनि साहित्यमा प्रविष्ट गराएको छु । साहित्यलाई सबैको सरोकारको विषय बनाउने प्रयत्न गरेको छु ।” नवराज कविता कोरा कल्पनाका उपज होइनन् । यथार्थका काजु, किसमिस मसला हुन् । उनी अनावश्यक कल्पनाको पछि नदौडिकन यथार्थमा देखेका र भोगेका विषयलाई काव्यात्मक लालिमाद्वारा प्रस्तुत गर्दछन् । शान्त, सरल र गम्भीर किसिमबाट कुनै पनि विकृति र विसङ्गतिको भण्डाफोर गर्न सिपालु छन् । यसलाई पनि उनको काव्यिक लेखनको महत्वपूर्ण पाटो मान्नु पर्दछ ।

निष्कर्ष


‘जीवन मेरो शब्दकोशमा’ (२०६३) कविता सङ्ग्रहबाट चर्चाको शृङ्खलामा देखापरेका कवि नवराज सुब्बा नेपालीका राम्रा आशालाग्दा प्रतिभा हुन् । उनले कविहरूको भीडमा एउटा छुट्टै पहिचान बनाइसकेका छन् । अग्रपुस्ता र आफ्ना पुस्ताका लेखनबाट प्रभाव ग्रहण गर्दै नौलो काव्यिक मात्रा तय गरिसकेका छन् । यसको जल्दोबल्दो प्रस्तुति नै ‘बीच बाटोमा ब्यूँझेर’ हो । ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृतिसम्ममा आइपुग्दा नै उनले निकै नै प्रौढता र परिपक्कता हासिल गरेको अनुभूति हुन्छ । विषयको विविधताका साथसाथै शैलीको नवीनता यहाँ प्राप्त गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने यो कृति उनकै जीवनभोगाइको ऐना हो । घर, समाज र राष्ट्रका प्रति उनले जे–जे कार्यहरू गर्दै गए ती–ती कुरालाई अनुभवका आधारमा संयोजन गरेका छन् । जस्तो अनुभव गरे वा देखे, त्यसैलाई मात्रै उनले स्थान दिएका छन् । अपत्यारिला वा सस्तो लोकप्रियताको पछि नलागीकन यथार्थको पोयो बाट्न उनी मन पराउँछन् । कवि सुब्बा सहरलाई भन्दा गाउ“लाई मन पराउँछन् । गाउँको प्राकृतिक सुन्दरताले उनलाई धेरै नै आकर्षिक पारेका छ ।

विषयवस्तुअनुसारको भाषा–शैली


कवि नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहभित्र विषयवस्तुअनुसारको भाषा–शैलीको प्रयोग गरेका छन् । ग्रामीण परिवेशका कुरा गर्दा त्यहाँकै स्थानीय शब्दलाई ग्रहण गर्दछन् भने सहरी सभ्यताको विषयलाई प्रस्ट्याउँदा भने सो अनुसारकै पारिभाषिक प्राविधिक शब्दहरूको उचित प्रयोग गर्दछन् । कवितामा विषयवस्तु पस्किएर मात्रै हुँदैन त्यसलाई नयाँ–नयाँ बिम्ब र प्रतीकका माध्यमबाट व्यक्त्याउनु पर्दछ । यो कार्य कवि नवराजले गरेका छन् । कविले महाभारतीय बिम्बदेखि लिएर अहिलेको अत्याधुनिक जीवनजगत्का बिम्ब र प्रतीकहरू उधिनेका छन् । उनी सबै किसिमका बिम्ब र प्रतीकहरूको आयोजना गर्न सफल भएका छन् । कसैले देख्न र समाउन नसकेका विम्व र प्रतीकहरू उनले यहाँ सजाएका छन् । मातृवात्सल्यका कुरादेखि लिएर होस् वा गाली सराप बगाउने कुरामा होस् उनले सामान्यजस्ता लाग्ने बिम्बलाई पनि सशक्त गराएका छन् । आलङ्कारिकता र सङ्गीतात्मकताले कवितालाई सुष्टुचुम्मित गराउँछन् ।

वृत्यानुप्रास, अन्त्यानुप्रास अलङ्कारको प्रयोग

वृत्यानुप्रास, अन्त्यानुप्रास अलङ्कारको प्रयोग गरेर कविले यस सङ्ग्रहभित्रका कविताहरूलाई बढीभन्दा बढी लयदार गराएका छन् । तत्सम, तद्भव र मौलिक शब्दहरूको मात्रै होइन आगन्तुक शब्दहरूको संयोजन गर्न कन्जुस्याँई गरेका छैनन् । सबैभन्दा ठूलो विशेषता यो सङ्ग्रहको कुन हो भनेर भन्नुपर्दा त्यो हो सरलता । कविले सकेसम्म सरल शब्दका माध्यमबाट गहन विषयहरूको आयोजना गरेका छन् । नबुझिने र पट्यार लाग्ने शब्द यहाँ कतै पनि छैनन् । सरल वाक्यगठनद्वारा कवितात्मक हरफहरू निर्मित छन् । निपात र उखान टुक्काका प्रयोगले सुनमा सुगन्ध थपेका छन् । यिनै कुराहरूको समष्टि रूपनै ‘बीच बाटोमा ब्यूँझेर’ हो ।

Similar Posts