‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो ।
‘के रे, के रे ! ‘ भन्दै समूहमा गएर मैले पनि उनको कुरा सुन्न उत्सुकता जनाएँ । यतिन्जेलमा महेन्द्रजीले दुइटा श्रीमतिसम्मको कथा सुनाइसकेका रहेछन् तर मैले आग्रह गरे पछि उनले मेरो निम्ति पुनः पहिलो श्रीमतिबाटै कथा दोहोर्याए । ललितपुर जाउलाखेल स्थित स्थानीय विकास मन्त्रालयको प्रशिक्षण केन्द्रमा २०६५ साल जेठको चौथो हप्तामा एचआइभी/एड्स सम्बन्धी एउटा गोष्ठीमा सहभागी हुन विभिन्न जिल्लाबाट विशेषज्ञ, चिकित्सक, जनस्वास्थ्यकर्मी, प्रशासक तथा विकासकर्मीहरूको राष्ट्रिय भेला आयोजना गरिएको थियो । हलमा बसेर घण्टौं प्रस्तुतीकरण सुन्दासुन्दा सहभागीहरूलाई लागेको दिक्क हटाउन साथीले कुनै ‘पीस’ अर्थात् ठट्यौली पो भन्दै होलान् भन्ठानेर हाँस्न तयार पर्दै म पनि कान सोझ्याउँदै उनी छेऊ गएँ ।
‘लौ सुन्नुस्’ भन्दै उनले मान्छेका चार श्रीमतिहरू को को हुन् बताउन थाले । ‘साथी हो ! मानिस संसारबाट विदा हुने बेलामा सबैभन्दा माया गरेर राखिएकी कान्छी श्रीमतिले पनि साथ दिदैन रहिछन् ।’ ‘संगै जाउ“ न प्रिय !’ भनेर अनुनय विनय गरे पनि कान्छी श्रीमतिले ‘धत् त्यस्तो नि हुन्छ !’ भन्दै छाड्छिन् । मान्छेको त्यो कान्छी श्रीमति भनेको अरू कोही होइन उसको आफ्नै शरीर पो रहेछ । बाँचुन्जेल यसैका लागि भनेर कति पोसिन्छ, श्रृङ्गारपटार गरिन्छ, दुखेमा उपचार गरिन्छ तर मरेर जाने बेलामा यही शरीर आफूसंग साथै जादैन । सबैभन्दा धेरै माया गरिने आफ्नो शरीर मानिसको कान्छी श्रीमति जस्तो मात्र रहेछ ।
यसरी कान्छी श्रीमतिले साथ नदिए पछि मान्छे स्वभाविक रूपमा साइँली श्रीमतितिर लाग्छ र आफूसंगै जान अनुरोध गर्दछ । तर साइँली श्रीमति पनि भन्दछे- ‘हेर, म तिमीलाई तिम्रो सास रहुन्जेल मात्र साथ दिनसक्छु !’ यसरी मानिसले जीवनभर दुःख गरेर कमाएको धनसम्पत्ति मानिसको सास रहुन्जेल मात्र काम लाग्ने रहेछ । मानिस मरेर जादा यसले पनि साथ दिने रहेनछ । त्यसैले सास रहुन्जेल मात्र साथ दिने मानिसको साइँली श्रीमति भनेको हामीले जीवनभर कमाएको धनसम्पति रहेछ ।
अन्तिम अवस्थासम्म मान्छेले माया गर्ने गरेको अनि कहिले काहीँ दिक्क मानेको उसकी माइली श्रीमतिलाई पनि आफूसंग जाउँ भन्छ । त्यसबेला माइली श्रीमति भन्दछे- ‘स्वामी म जान त जान्छु तर म तिमीसंग आर्यघाटसम्म मात्र जान्छु !’ यसरी मान्छेलाई उसका घरपरिवारले पनि आर्यघाटसम्म मात्र साथ दिने रहेछन् । माइली श्रीमतिरुपी घरपरिवारले पनि मान्छेलाई केवल आर्यघाट पुर्याएर अन्त्येष्ठी गरे पछि विदा गर्दा रहेछन् ।
तर, जीवनभर त्यति वास्ता नगरिएकी जेठी श्रीमतिलाई मानिसले बाँचुन्जेल उति वास्ता गर्दैनन् । तर त्यही जेठी श्रीमतिले मान्छेलाई मृत्युपर्यन्त साथ दिन तत्पर हुने रहिछन् । यसरी मान्छे मरेपछि पनि साथ दिने अर्थात मान्छेलाई ज्यूँदो बनाएर राख्ने उसकी जेठी श्रीमति भनेको अरू कोही नभएर आफ्नै जीवनकालमा गरिएका राम्रानराम्रा काम, उसले कमाएको ख्याती र इज्जत रहेछन् !
साथीबाट बडो चाखलाग्दो उपदेश पो पाइयो । साथीले सायद कुनै सन्तको प्रवचन सुने अनि आफू प्रभावित भए । आज हामीलाई चियासंगै त्यसलाई मजाले पिलाए । गफको अन्तमा म पनि एकचोटी मज्जाले हाँसौला भनेर उनको कुरा सुन्न कान टाँसेको थिएँ । गफको सुरु सुरुमा अरु बेलाझै सबैजना उनको भनाइ सिद्धिए पछि हाँस्न तम्तयार भएर कान ठाडा ठाडा पार्दै थिए । तर जब तेस्रो र चौथो श्रीममतिको कुरा बताउन थालियो, हामी सबै गम्भीर हुँदै गयौं । अन्तमा उनको कुरा सुनेर हामी सबैले महसूस गर्यौं र एकमुखले भन्यौ- ‘हो त नि !’ । यसरी एउटा चियागफले सबैमा गहिरो प्रभाव छाड्यो । यस्ता गफ निकाल्ने अरू साथीहरू पाए हुन्थ्यो । यस्तो चिया गफ फेरी कहाँ होला !
भद्रपुर झापा, २७ जेठ २०६५

kaushal