यात्रा आधा शताब्दीको सार्वजनिक

असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।

परिवर्तनशील समाज विराटनगरको तेस्रो साधारण सभाको अवसरमा सभाको समुद्घाटन मन्तव्यका क्रममा नवराज सुब्बाले आफ्नो नयाँ कृति पनि सार्वजनिक गर्नुभयो । साहित्यकार तथा जिल्ला एड्स समन्वय समिति मोरङका सदस्य सचिव नवराज सुब्बाले आफ्नो पचासौं जन्मवर्षको अवसरमा प्रकाशित गरेको कवितासङ्ग्रहबाट तेस्रो लिङ्गी सम्बन्धी कविता “तेस्रो आवाज” शिर्षकको कवितावाचन गरे पछि उक्त कृतिको शनिवार विराटनगरमा र्सार्वजनिकीकरण भएको छ । पुस्तकमा पचास कविताहरू संग्रहित छन् ।

Similar Posts

Leave a Reply