ओठ, खुशी र कविता

तिमीले मलाई
एकान्तमा सोध्यौ
भन कता चुमौं ?
मैले ओठ दिएँ
केही छिन चुमेर
तिमीले फेरि सोध्यौ
भन अब कहाँ चुमौं ?
मैले भनें
चुम्ने नै भए
लेख्ने हात चुम
देख्ने आँखा चुम
तर
आज
चुम्न छाडेर
तिमी क्रमसः
बिझाउन थाल्यौ
काँढा बनेर एकनास
घोच्न थाल्यौ मुटुमा
सपना र विपनामा
सायद
छाम्दा छाम्दै नभेटिएको
एउटा ओठ र खुशी
म खोजिरहेछु
कवितामा ।

Similar Posts

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

Leave a Reply