कम्लहरी

मलाई
माघीसँग डर लाग्छ आमा !
मलाई यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !

भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्‍यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्‍यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाई !

तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाई
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाई आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल –
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा-
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?

-नोट-पश्चिम नेपालमा थारू जातिका छोरीलाई सातआठ वर्षो उमेरमा साहू-महाजन, जमिनदार एवम् कर्मचारीका घरमा कामका लागि पठाउने प्रथा कम्लहरी हो ।) “बीच बाटोमा ब्यूझेर” कवितासंग्रहबाट

Similar Posts

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • झरी र रित्ता गाग्रीहरू

    ‘हरहर महादेव पानी देऊ देऊ यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा कैलाशमय कान छिचोल्न गगनभेदी बन्दूक पड्काइयो र मागियो झरी यसपाली खडेरीमा

Leave a Reply