जिन्दगी
करेसाबारीमा नअटेको
डिलबाट पनि धकेलिएको
भीरमा फुल्ने फूल जस्तै
यहाँ कसैको जिन्दगी
हरदम आफैसित रम्नु
रहेछ आखिर जिन्दगी
गमला वा फूलबारी
हैन स्वतन्त्र जिन्दगी ।
करेसाबारीमा नअटेको
डिलबाट पनि धकेलिएको
भीरमा फुल्ने फूल जस्तै
यहाँ कसैको जिन्दगी
हरदम आफैसित रम्नु
रहेछ आखिर जिन्दगी
गमला वा फूलबारी
हैन स्वतन्त्र जिन्दगी ।
नाङ्गै भए पनि मलाई लाज लाग्दैन माग्दै खान पनि मलाई लाज लाग्दैन लाज पचाइसकेको हुँ म लाजपचुवा दुनियाँ ढाँट्न मलाई क्यै लाज लाग्दैन ।
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू ।
कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।
दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु । — (यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)