तुङदुङ्‍गे मुन्धुम

परिचय

यो tungdunge-mundhum एक किरात आख्यान – एक ज्ञान हो। यो तुङदुङ्‍गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्‍न सकिन्छ।

यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्‍लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्‍याइएको छ।

Rungdunge-Mundhum को महत्व

एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्‍गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।


इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।

Tungdunge-Mundhum कसका लागि

यो अध्ययन विभिन्‍न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्‍न मुन्धुम केलाएर विश्‍लेषण/संश्‍लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

tungdunge-mundhum
तुङङदुङ्‍गे मुन्धुम अध्ययन

Similar Posts

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

  • आकाश र आत्मावीचको संवाद

    “आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्। खण्डकाव्य – आकाश र आत्माबीचको…

  • |

    जनस्वास्थ्य अभ्यास र अनुभव

    ‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author. लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय…

  • Assessment Report 2003 Health Improvement Program Nepal

    Report on Assessment of Health Improvement Program in Eastern Nepal 2003 Survey Conducted by Eastern Regional Health Directorate Dhankuta and Britain Nepal Medical Trust. The study to assess the health and health care delivery status in Eastern Development Region of Nepal was carried out by the Health Improvement Program of The Britain Nepal Medical Trust…

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…