|

Bahar Sanga

Bahar Sanga

९  निधारमा टीका

निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

सयपत्री फूल फुल्यो रमाइलो भो आँगन
बाआमाको आशिशसंगै उच्च भयो भावना
परदेशी पनि घर फर्के रमाइलो भो जीवन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न
मन सबका रमेका छन् जुटेका छन् खेल्न
जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा
एकताको चाड दशैं मंगलमय शुभकामना ।

(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Similar Posts

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…

  • |

    Tyo Mrityuko Avas

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन ।…