नेपालमाः हिजो र आज

हिजो
यो देशमा
राजा थिए
उनका वरिपरि
कवि, कलाकार
गायक, इतिहासकार थिए
जो राजाको स्तुति गाउँथे
राजा प्रशस्ति लेखाउँथे
र कृतिम इतिहास रचाउँथे

आज
यही देशमा
राजा छैनन्
तर बाँकी सबै सबै छन्
राजाको बानी ज्यूँदै छ
जो सरुवारोग भई सरेको छ
नेता, अभिनेता साहित्यकार लगायतका
‘कार’ हरूमा यो बानी सरेको छ
सबैमा राजाको भूत चढेको छ
आज यो देशमा
राजा बन्ने होड चलेको छ ।

Similar Posts

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • कविता विचार गोष्ठी

    काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो । कवि सुब्बाको कविता सड्ग्रहमाथि चार जना समालोचक तथा कविहरुले कविताका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डा. कृष्णप्रसाद दाहालले कविताको भाषा र शैलीमा र समालोचक प्रा. लीला लुइँटेलले कविताको नारीपक्षमा कार्यपत्र प्रस्तुत गर्नुभयो…

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

Leave a Reply