|

मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा एक अर्ब तीस करोड भन्दा मानिसहरूले धूम्रपान गर्दछन् । यसकै प्रत्यक्ष असरबाट बर्षेनी ५० लाख मानिसहरूको मृत्यु हुने गरेकोछ । नेपालमा प्रतिवर्ष १५ हजार भन्दा बढी मानिसको मृत्यु धुम्रपानका कारण हुनेगर्दछ । ९० प्रतिशत फोक्सोको क्यान्सर यही धुम्रपानका कारण हुने गर्दछ । अझ चिन्ता मान्नु पर्ने कुरा के छ भने यो मृत्युदर आगामी १५ वर्षमा दोब्बर हुनेछ त्यो पनि विकासशील मुलुकहरूमा ।

मानिसहरू सूर्तिजन्य पदार्थको सेवन धुवाँ बनाएर चुरोट, बिंडी, तमाखु, कक्कड इत्यादिका रूपमा गर्दछन् । आजकल मानिसहरू चपाएर खाने सूर्ति, खैनी, पानमसला, नस इत्यादीका रूपमा गर्ने गर्दछन् । यसरी सूर्तिजन्य पदार्थको जुन रूपमा प्रयोग गरे पनि यो रगतमा मिसिएर शरीरको सबै भागमा फैलिने भएकाले सूर्तिको जुनसुकै रूपमा गरिने सेवन शरीरका लागि खतराजनक छ । अझ धुवाँले वातावरण प्रदुषण गरी नजिक बस्ने बालबालिका तथा प्रत्यक्ष सेवन नगर्ने जोसुकैलाई धुवा“ले गम्भीर असर गर्दछ । जसलाई हामी ‘प्यासिभ स्मोकिङ’ भन्दछौं ।

सूर्तिमा ४००० भन्दा बढी रसायनिक पदार्थहरू हुन्छन् । ती मध्ये ४०० किसिमका निकोटिन, टार, एमोनिया, आर्सेनिक, कार्वनमोनोक्साईड आदि जस्ता रसायनिक पदार्थले शरीरलाई गम्भिर नोक्सानी  पुर्याउँछन् । सूर्तिजन्य पदार्थमा पाइने निकोटिनले लत बसाउन साथै शारीरिक तथा मानसिकरूपले असक्त बनाउ“छ । निकोटिनबाहेकका अन्य रसायनिक पदार्थले फोक्सोको क्यान्सर, मुखको क्यान्सर, पेटको क्यान्सर, घा“टीको क्यान्सर, पिसावथैलीको क्यान्सर, मृगौला लगायत अन्य थुप्रै क्यान्सरहरू, निमोनिया, मुटुका रोगहरू, ब्रोङ्काईटिस, दम, नसासम्बन्धी रोगहरू, श्वासप्रश्वास सम्बन्धी रोगहरूलगायत अन्य कडा रोगहरू लाग्दछन् । अझ गर्भवती महिलाले सूर्तिजन्य पदार्थ प्रयोग गरेमा गर्भपतन हुने, कम तौलका बच्चा जन्मनेलगायत गर्भभित्रको शिशुको शारीरिक तथा मानसिक विकासलाई प्रतिकूल असर  पुर्याउँछ । यसका साथै सूर्तिजन्य पदार्थको असरले क्षयरोग, मोतिबिन्दु, पाठेघरको क्यान्सरलगायत धेरै किसिमका रोगहरू हुनसक्ने कुरा हालैका अध्ययनहरूले देखाएका छन् ।

सूर्तिजन्य पदार्थका लतमा फसेका वा धुवाँछेऊ बस्ने सबैको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । यसरी सूर्तिजन्य पदार्थको सेवनबाट सेवन गर्ने नगर्ने दुवैलाई जोखिम छ । आज किशोरकिशोरी सबैभन्दा बढी जोखिममा परेका छन् । सूर्तिजन्य पदार्थको लत प्रायः किशोरकिशोरी उमेरदेखि प्रारम्भ हुने गरेको छ । सूर्तिजन्य पदार्थका विज्ञापनतर्फ यो उमेर समूह सजिलै फस्दछ । यसैले सूर्तिजन्य पदार्थ विरुद्घ सबैले आ–आफ्नो क्षेत्रमा जनचेतना फैलाउनका साथै किशोरकिशोरीप्रति विशेष ध्यान दिएको खण्डमा सूर्तिजन्य पदार्थ प्रयोग विरुद्घको अभियानमा ठोस सहयोग पुग्नेछ । यो अभियानमा धार्मिक तथा सामाजिक संघसंस्था, विद्यालय, नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका अपरिहार्य छ ।

जनस्वास्थ्यका सवालहरु – २०६४ बाट

Similar Posts

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

  • Leprosy Elimination at Country Level

    Jan 19, 2010 (Kathmandu). Nepal has announced as elimination of Leprosy at national level not at district level. Government of Nepal declared Nepal as Leprosy eliminated country. Ministry of Health and Population officially announced this in an official program in Kathmandu. Elimination of Leprosy is called when there is prevalence rate less than 1 per 10,000 population. But Terai districts have not achieved the goal of elimination since Terai districts are having more than 2 per 10,000 and they are leprosy hyperendemic districs.

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

Leave a Reply