यो के भो !

कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ
टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ
यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ?
जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

Similar Posts

  • सरकार !

    (एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

  • सपनाको भकुण्डो

    हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।

  • मुक्तक

    सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…

Leave a Reply