राष्ट्रिय एकता दिवस भव्य

पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा. बद्रिविशाल पोखरेल र साहित्यकार नवराज सुब्बा रहेको कार्यक्रममा स्थानीय वुद्धिजीवि, प्राध्यापक, शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरुले बोलेका थिए ।

प्रा.डा. टँक न्यौपानेले नेपालको एकिकरण नभएको भए आज हामी नेपाली भएर रहने थिएनौं भन्नुभयो । उहाँले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै इतिहास पात्रका राम्रा र नराम्रा दुवै कामको बिना पूर्वाग्रह मूल्याङ्कन हुनपर्छ भन्नुभयो । प्रा.डा. बद्रीविशाल पोखरेलले पृथ्वीनारायण शाह सामान्तविरोधी तथा साम्राज्यविरोधी थिए भन्नुभयो । साहित्यकार नवराज सुब्बाले सबै जातको साझा फूलबारी हाम्रो देशलाई सबै नेपालीको राष्ट्र बनाउन साँस्कृतिक एकता बलियो बनाउन साहित्य र कलाको माध्यमबाट पनि टेवा दिने बेला आएको बताउनु भयो ।

इटहरा मोरङमा सञ्चालित कार्यक्रमलाई वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रीत, प्रा.डा. कृष्णहरि बराल, प्रा. जयराज आचार्यद्वारा एकता दिवस सफलताको लागि पठाइएका शुभकामनापत्रहरु कार्यक्रममा वाचन गरिएको थियो । शिक्षक थिरनाथ दाहालको अध्यक्षतामा भएको समारोह गीतकार युवराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Similar Posts

  • छठपर्व विदामा अनाथाश्रम

    २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • “लुकेको रहर” पूरा हुन लाग्यो

    नवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् ।

Leave a Reply