नव वर्षको नौलो स्पर्श छ आज तन मनमा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

फूल पात डाली डुली जब गीत गाउछे चरी
होस हराउँदै जोस पलाउँछ आज यो मन भरि
फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

तिमीसंग भेट हुने दिन कैले आउँला भनी
यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि गनी
स्वस्थ, शुख, समुन्नति म लेख्छु तिम्रै नाममा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

शुभकामना गीत लोकार्पण
सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

Leave a Comment