खण्डकाव्य ओ रिल्लो प्रकाशित

आदिवासी खण्डकाव्य “ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा

– विक्रम सुब्बा

पृष्ठभूमि

“ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा” खण्डकाव्यको सुरुवात ब्रह्माण्डको शून्यबाट हुन्छ। त्यहाँ न समय छ, न प्रकाश, न ध्वनि केवल मौन र शून्यता मात्र छ। त्यस मौनताबाट पहिलो स्पन्दन उत्पन्न हुन्छ, जसले सृष्टिको सुरुवात गर्छ। यही स्पन्दनबाट आकाश, पृथ्वी, जल, अग्नि र वायु जन्मिन्छन्। यी तत्वहरू केवल भौतिक वस्तु होइनन्, बरु जीवन र चेतनाका आधार हुन्। यसपछि मुख्य पात्र तुङदुङ्गेको उदय हुन्छ, जो आत्मिक यात्राको शुत्रधार हो। ऊ प्रकृतिसँग संवाद गर्दै जीवनको अर्थ खोज्न निस्कन्छ। तुङदुङ्गेले माटो, पानी, आगो, हावा र आकाशसँग संवाद गरेर जीवनका मूल पाठहरू (जस्तैः स्थिरता, प्रवाह, साहस, स्वतन्त्रता र अनन्तता आदि।) सिक्छ।

खण्डकाव्यले धर्म, कानुन र परम्पराको सामाजिक संरचनालाई विश्लेषण गर्छ। यहाँ कविले तीन तत्व मानव सभ्यताको आधार भए पनि समयसँगै विकृत हुन सक्छन्, अर्थात, धर्म अन्धविश्वासमा, कानुन शक्ति-केन्द्रित अन्यायमा, र परम्परा जडतामा रूपान्तरण हुन सक्छ भनेर तुङदुङ्गे मार्फत यी सबैलाई सन्तुलन र विवेकको दृष्टिले बुझ्नु पर्ने सन्देश दिन्छन् – यसरी तुङदुङ्गे सन्देशदाता या शुत्रधार बनेकाछन्।

अंधकार उज्यालो

एक भागमा कथा युद्ध र संघर्षतर्फ मोडिन्छ। यहाँ अन्धकार र उज्यालो, सत्य र असत्यबीचको महायुद्ध चित्रित गरिएकाछन्। जसको दार्शनिक पक्ष “बाहिरी युद्धसँगै भित्री आत्मिक द्वन्द्व” पनि प्रस्तुत हुन्छ। तुङदुङ्गे मार्फत कविले भन्छन् “वास्तविक युद्ध बाहिर होइन, भित्र आत्मा र चेतनामा हुन्छ।” अन्ततः युद्ध समाप्त भएपछि विनाश र पुनर्जन्मको चक्र सुरु हुन्छ। खरानीबाट नयाँ जीवन उम्रिन्छ। यो हरेक विनासपछि पुनर्जन्मको द्वन्दात्मकता या “विनाश पछि नयाँ सुरुवात”को दर्शन हो।

धर्म, कानुन र परम्परा बारे पुनः व्याख्या गर्दै कविले तुङदुङ्गे मार्फत निष्कर्ष दिन्छन् कि यी तीन तत्व अलग अलग होइनन्, बरु एकअर्कासँग अन्तरनिर्भरता(Symbiosis)मा सन्तुलित प्रणाली हुन्। अन्त्यमा तुङदुङ्गे आत्मबोध प्राप्त गर्छ कि सत्य कुनै एक ठाउँमा छैन, बरु सत्य भन्ने कुरा त चेतनाको निरन्तर यात्रा मात्र हो।

खण्डकाव्यमा डिकोड

यस खण्डकाव्यमा निहित कुराहरु डिकोड गरे निस्कने दार्शनिक पक्षहरूः

सृष्टि र शून्यताको दर्शनः खण्डकाव्यको आधार विचार “शून्यबाट सृष्टि” सुरु भएको भन्ने छ। तर शून्य निष्क्रिय अवस्था होइन, सम्भावनाको गर्भका रूपमा देखाइएको छ। यसले बौद्ध तथा पूर्वीय दर्शनले “शून्यता भनेको अनन्त सम्भावना” हो भन्ने दर्शन अंगालेको छ;

दोस्रो, पञ्चतत्व र प्रकृति-केन्द्रित चेतनाको दर्शनः जस्तै, माटो, पानी, आगो, हावा र आकाशलाई केवल तत्व होइन, जीवनका गुरुतत्वका रूपमा प्रस्तुत गरिएको छ। यो दर्शनले मानव प्रकृतिबाट अलग होइन, प्रकृतिको अंशका रूपमा देखाउँछ। यो वातावरणीय-अध्यात्मको दर्शन हो।

तुङदु,्गे मानव चेतना

आत्मिक यात्रामा तुङदुङ्गे केवल पात्र मात्र होइनन, मानव चेतनाको प्रतीक वा शुत्रधार हुन। उनको यात्रा आत्मिक विकास सहितको यात्रा हो। जस्तैः हरेक कुरामा जिज्ञासु हुने, नयाँ नौतुन कुराहरुको खोज गर्ने, आवश्यक पर्दा संघर्ष गर्ने र थरिथरिका अनुभवद्वारा आत्मबोध हासिल गर्ने – यो आन्तरिक यात्राको दार्शनिकि हो। यसले बाहिरको सन्सार त छँदैछ भित्री सन्सारको यात्रासमेतबाट आत्मबोध हुनुपर्ने सन्देश दिन्छ।

खण्डकाव्यले धर्म, कानुन र परम्पराहरु बारे पनि आलोचनात्मक दृष्टिको दर्शन अपनाएको छ। किनभने तुङदुङ्गेले आत्मबोध (Self awareness) मार्फत बुझेको छ कि चेतनाको निरन्तर यात्रा नै सत्य हो। यही आधारमा खण्डकाव्य मार्फत कविले निचोड दिन्छन् कि “धर्म” प्रेम र सत्य भए पनि विकृत हुन सक्छ – होसियार! “कानुन” भन्ने न्याय दिने विधी भएपनि शक्तिकेन्द्रित हुन सक्छ – होसियार!! परम्परा पनि मानव जीवन शैलीको जरा भए पनि जडता बनेर बाँध्ने बन्धन हुन सक्छ – होसियार!!! अर्थात, कुनै पनि प्रणाली आफैँमा “राम्रो” र “खराब” हँदैन, तर गतिशील चेतनाको विकाससँगै अनुकुलन हुन सकेनभने त्यो विकृत हुन्छ।

खरानीबाट नयाँ जीवन

युद्ध केवल बाहिरी होइन, भित्री पनि हुने कुरालाई देखाएर भित्री द्वन्दका पक्षहरु, जस्तैः सत्य वनाम असत्य; आत्मा वनाम अहंकार; विवेक वनाम लोभहरु वीच वास्तविक युद्ध “मन” भित्र चल्छ भन्ने दर्शाएकाछन। तेस्तै, “खरानीबाट नयाँ जीवन” भन्ने वैचारिकी अनुसार “विनाश” अन्त्य होइन, बरु “पुनर्जन्म” हो र यो प्राकृतिक नियम हो, जस्तैः मकैको दाना माटोमा कुहिन्छ (विनाश) तर मकैको “विरुवा”को रुपमा पुनर्जन्म हुन्छ, मकैको “बोट” मर्छ तर मकैको “घोगा”मा थुप्रै “मकैका दाना” सहितको पुनर्जन्म हुन्छ। यो चक्रात्मक जीवन दृष्टि प्रकृती सापेक्ष सत्य हो।

उपसंहार

खण्डकाव्यको अर्को महत्वपूरण सन्देश सन्तुलनको दर्शन हो, जस्तैः धर्म, कानुन र परम्पराहरुले परिपुरकको भूमिका खेल्दै मानव जीवनमा सन्तुलन कायम गर्नु पर्छ। तेस्तै प्रेम, विवेक र परिवर्तनहरु पनि मानवताको गतिशील प्रकृयासँगै तालमेल मिलाएर अघि बढे अतिवाद होइन “सन्तुलन” सहितको सत्यमा दुनियाको सृजना हुन्छ। आत्मबोधबाट तुङदुङ्गेले सत्य बाहिर छैन आफुभित्रको चेतनामा छ। चेतनाको यात्रा कहिल्यै समाप्त हुँदैन भन्ने सन्देश दिन्छन्। यो खण्डकाव्य केवल कथा होइन, एक दार्शनिक यात्रा हो जसले ब्रह्माण्डको उत्पत्ति, मानव चेतनाको विकास, सामाजिक संरचनाहरुको समालोचना, र आत्मिक मुक्ति सबैलाई एउटै सूत्रमा बाँध्ने याकथुङ दार्शनिकीलाई काव्यत्मक Decode (रुपान्तरित व्याख्या) गरेर मुन्धुम काव्यको सृंखलामा थप योगदान गरेकोमा धन्यवाद। यस्तो गतिलो काम गरेर याकथुङ साहित्यको उन्नयन कार्य गरेकोमा – कवि (साइनोले भान्जा राजा)लाई अनेक अनेक बधाई! तीः याहा!!

अप्रिल २३, २०२६

शंखमुल, काठमाण्डू ३१, नेपाल।

Similar Posts

  • ढुङ्गा, माटो र मुन्धुम

    पूर्वी नेपालको प्राग–ऐतिहासिक रैथाने आत्माको पुनर्खोज के हाम्रो वास्तविक इतिहास केवल काठमाडौँ-केन्द्रित पुस्तकहरूमा लेखिएका एकाङ्गी कथाहरू जस्तै सीमित छ? राज्यले नियोजित रूपमा गरेको संस्कृतकरणको चमकदार लेपन मुनि दबिएको पूर्वी नेपालको प्राग-ऐतिहासिक रैथाने आत्मालाई ब्युँझाउने एक बेजोड मानवशास्त्रीय विमर्श हो— “ढुङ्गा, माटो र मुन्धुम”। मूर्धन्य अनुसन्धानकर्ता र संस्कृतिविद् डा. नवराज सुब्बाले यस कृतिमा मधेसको मलिलो माटोदेखि…

  • | |

    नेपाली भाषा साहित्य संस्कृति

    आलोचना र अनुसन्धान नेपाली भाषा, साहित्य र संस्कृति: बौद्धिक अनुसन्धानको नयाँ दृष्टि नेपाली भाषा साहित्य-संस्कृतिः आलोचना र अनुसन्धान” पुस्तक नेपाली वाङ्मय, संस्कृति र समाजको गहिरो अध्ययन हो। यस कृतिले केवल भाषा र साहित्यको चर्चा मात्र गर्दैन, बरु तिनका माध्यमबाट नेपाली समाजको बौद्धिक विकास पनि देखाउँछ। त्यसैले, यो पुस्तक नेपाली संस्कृति र साहित्यिक चिन्तन बुझ्नको लागि…

  • |

    चिन्ताद्वारा उत्पन्न विकारहरू

    डा. नवराज सुब्बा चिन्ता वा एन्जाइटी जीवनमा सबैले अनुभव गर्ने भावना हो। तर, जब चिन्ताले दैनिक जीवनलाई हानी पुर्‍याउन थाल्छ तब त्यस अवस्थालाई भने चिन्ता विकारको अवस्था भनिन्छ। चिन्ता विकारहरू धेरै प्रकारका हुन्छन्। तिनीहरूले जीवनका विभिन्न पक्षहरूमा गहिरो प्रभाव पार्न सक्छन्। यस लेखमा, हामी चिन्ता विकारका प्रमुख प्रकारहरू र तिनीहरूको विशेषताबारे संक्षेपमा छलफल गर्नेछौं। सामान्यीकृत…

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…