जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा – कवितासंग्रह
रचनाकार – नवराज सुब्बा
प्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर ।

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । कवि बैरागी काईलाले यसमा भूमिका लेख्नु भएको छ । कृती तथा कृतीकारबारे काईला लेख्नुहुन्छ– नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।

Nepali Version Preview/Download

Similar Posts

  • | |

    समयको-स्वाद

    ‘समयको स्वाद’  निबन्ध–प्रबन्धमा योगदान  प्रकाशित मिति: २०७० साल, वाणी प्रकाशन विराटनगर। नेपाली साहित्यको क्षेत्रमा नवराज सुब्बा परिचित नाम हो। यो कृति महत्त्वपूर्ण योगदानको प्रतीक हो। किनभने यसले लेखकका संस्मरण र विचारलाई बेजोड ढंगले प्रस्तुत गरेको छ। ताप्लेजुङको हाङपाङमा बि.सं. २०१८ मा नवराज सुब्बा जन्मिएका हुन्।  उनले नेपाली साहित्यमा बहुआयामिक प्रतिभाको पहिचान बनाएका छन्। साथै, उनले…

  • जनस्वास्थ्यका सवालहरू

    जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई…

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…

  • |

    Reclaiming Ancient Nepal

    Kirat Indigenous History and Knowledge Dr. Nawa Raj Subba Whose real history is the Himalayas? For centuries, Nepal’s ancient history has been interpreted solely from an external perspective. As a result, the original Kirat-Bon civilizations here have always been overlooked. This book, “Reviving Ancient Nepal,” challenges that established belief. This book is prepared from the…

Leave a Reply