जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा

पुस्तकः जीवन मेरो शब्दकोशमा, कवितासंग्रह

© नवराज सुब्बा

लेखक : नवराज सुब्बा

ORCID iD: https://orcid.org/0000-0001-5700-2179

प्रथम प्रकाशन वर्ष : २०६२ साल वैशाख, वाणी प्रकाशन विराटनगर, नेपा‌ल। ISBN : 99946-36-32-4

दोस्रो प्रकाशन २०८१ साल (२०२३ ई.सं.) हाम्रो आइडिया, विराटनगर।

तेस्रो प्रकाशन २०८३ साल (२०२६ ई.सं.) हाम्रो आइडिया, विराटनगर।

आवरण तथा चित्र : रमेश श्रेष्ठद्वारा सिर्जित कलालाई एआइ च्याटजिपिटी (डेल.ई)को सहयोगमा पुनःनिर्मित

प्रकाशक: हाम्रो आइडिया प्रा. लि. विराटनगर, मोरङ, नेपाल।

ISBN: 978-9-90-561207-5 (eBook)

खुला पहुँँच तथाा क्रियाटिव कमन्स लाइसेन्स घोषणा:

यो पुस्तकको Creative Commons Attribution 4.0 International (CC BY 4.0) अन्तर्राष्ट्रिय लाइसेन्स अन्तर्गत खुला पहुँँच (Open Access) मा उपलब्ध गराइएको छ।

स्थायी डिजिटल पहिचान (DOI): https://doi.org/10.5281/zenodo.23096635

सिफारिस गरिएको उद्धरण:

सुब्बा, नव राज (२०८३). जीवन मेरो शब्दकोशमा. हाम्रो आइडिया. https://doi.org/10.5281/zenodo.23096635

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । कवि बैरागी काईलाले यसमा भूमिका लेख्नु भएको छ । कृती तथा कृतीकारबारे काईला लेख्नुहुन्छ– नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।

Citation:
Subba, N. R. (2026). जीवन मेरो शब्दकोशमा. In जीवन मेरो शब्दकोशमा (3rd ed., p. 71). Hamro Idea.  https://doi.org/10.5281/zenodo.23096635

Similar Posts

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

  • |

    सायाः मुन्धुमी तनाव व्यवस्थापन

    आधुनिक जीवनको तनाव र एक्लोपनबाट मुक्त हुने रैथाने मार्गको खोजी! २१ औँ शताब्दीको भौतिक सुविधा र डिजिटल चमकधमकका बीच आजको मानिस किन झन् बढी चिन्तित, अशान्त र एकाकी बन्दैछ? किन आधुनिक औषधिहरूले मात्र मानिसको आन्तरिक अशान्तिलाई पूर्ण रूपमा निको पार्न सकिरहेका छैनन्? जनस्वास्थ्यविद् तथा मानवशास्त्रीको गहन अध्ययन र अनुभवबाट जन्मिएको यो पुस्तक “साया: मुन्धुमी चेतना…

  • | |

    जनस्वास्थ्यका-सवालहरू

    जनस्वास्थ्यका-सवालहरू: जनचेतना र स्वास्थ्य प्रबर्धनका लागि मार्गदर्शक पुस्तक विधा: लेखलेखक: नवराज सुब्बासंस्करण प्रथम: २०६४पुस्तकमा संग्रहित लेखहरू: ४९ परिचय जनस्वास्थ्यका-सवालहरू नवराज सुब्बाद्वारा लिखित, जनस्वास्थ्य र जनचेतना सम्बन्धी ४९ लेखहरूको संग्रह हो। यो पुस्तक जनस्वास्थ्यका विविध पक्ष, स्वास्थ्य समस्याहरू, तिनका समाधान, र स्वास्थ्य नीति तथा कार्यक्रमहरूको बारेमा गहन जानकारी दिन्छ। यसले साधारण पुस्तकका मुख्य विषयवस्तुहरू यस पुस्तकमा…

  • हाड र छाला: नेपाली भाषाको संस्कृतकरणमुक्त रैथाने जग

    लेखक: डा. नवराज सुब्बा शताब्दीऔँदेखि मध्य-हिमालय क्षेत्रको पहिचानलाई एउटै न्यारेटिभ (भाष्य) ले नियन्त्रण गर्दै आएको छ— त्यो के भने, नेपाली भाषा केवल संस्कृतको एक ‘शुद्ध छोरी’ हो, जसको जन्म खस मूलको पहाडी कोखबाट भयो र यसलाई सभ्य बनाउने काम केवल उच्च-जातीय विद्वानहरूको साहित्यिक मानकीकरणले मात्र गर्‍यो। तर, के हुन्छ जब हामी यो संस्थागत जलपलाई पन्छाएर…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • |

    मुन्धुमी सौन्दर्यबोध

    मुन्धुमी सौन्दर्यबोध: किरात जीवन-दर्शन र काव्यिक चेतना डा. नवराज सुब्बा मुन्धुमी सौन्दर्यबोध: आदिम लय र आधुनिक चेतनाको महासङ्गम ‘मुन्धुमी सौन्दर्यबोध’ किरात सभ्यताको आदिम ध्वनि र आधुनिक चिन्तनको एउटा अनुपम दार्शनिक दस्तावेज हो। मुन्धुम केवल मन्त्र र ऋचाहरूको सङ्ग्रह मात्र होइन; यो त जीवन, प्रकृति र ब्रह्माण्डलाई हेर्ने एउटा अगाध ‘सौन्दर्यशास्त्रीय दृष्टि’ र शाश्वत जीवन-पद्धति हो।…

Leave a Reply