| |

मनको-मझेरी

नवराज सुब्बाका निबन्धहरू: मनको मझेरी

नवराज सुब्बाद्वारा लिखित “मनको मझेरी” निबन्धसंग्रह २०६४ सालमा वाणी प्रकाशन, विराटनगरद्वारा प्रकाशित एक चर्चित कृति हो। यो संग्रहमा २० वटा निबन्ध समावेश छन्, जसले सामाजिक, सांस्कृतिक, साहित्यिक र व्यक्तिगत अनुभूतिहरूलाई गहिरो रूपमा उजागर गर्छ।


“मनको मझेरी” निबन्धसंग्रह २०६४
मनको-मझेरी
मनको-मझेरी

संग्रहका विशेष निबन्धहरू:

  • नयाँ नेपालको चित्र
  • तस्वीरमा पोखिएका कविताहरू
  • श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई
  • हाक्पारे सङ्गीत
  • आमाका रूपहरू
  • गीतसङ्गीत भित्र देश र जीवन खोज्दै
  • बैंकक शहरमा कोइलीको स्वर
  • सम्झनाको तरेलीमा प्रधानबा

मनको मझेरी का निबन्धहरूले समाजका विविध पक्षहरूको चित्रण गर्दै पाठकको मन छुने प्रयास गरेका छन्। यहाँ संग्रहभित्रका कुनै एक निबन्धलाई नमूनास्वरूप प्रस्तुत गर्दै पाठकको रुचि र प्रतिक्रियालाई समेट्न सकिन्छ।

किन पढ्ने?

  • नेपाली समाज, संस्कृति, र संगीतबारे गहिरो दृष्टिकोण।
  • सरल तर प्रभावकारी भाषा।
  • पाठकलाई आत्मीयता र अनुभूतिले बाँध्ने क्षमता।

यो पुस्तक नेपाली साहित्यका पाठकहरूका लागि अवश्य पढ्नुपर्ने कृति हो।
#NepaliEssays #NawaRajSubba #ManakoMajheri #NepaliLiterature #EssayCollectionप्रकाशकीय

प्रकाशकीय (प्रथम संस्करण)

जीवनसंग साहित्य पप्रगाढ र शाश्‍वत भएर गाँसिएको हुन्छ। यथार्थमा साहित्य जीवनको धमिलो सङ्लो प्रतिबिम्ब हो। मन र मस्तिष्कको मन्थनबाट प्रसुप्त साहित्य एउटा सफल साहित्य हो। जसमा जीवनका अनुभव र अनुभूतिलाई स्रष्टाले आ–आफ्नै शब्दशिल्प र कलाका अभिव्यक्त गर्छन्। ती स्रष्टाका भोगाइहरूभित्र आफ्नै जीवनका प्रतिच्छाया देख्छन्, दृष्य परिदृष्य देख्छन्। सुख–दुख आँसु र हाँसो देख्छन्। एउटा सफल साहित्यले सधैं पाठकको मन र मुटुलाई तरङ्गित पार्दछ, प्रभावित पार्दछ।

नवराज सुब्बा जसलाई हामी यसअघि एक कवितका रुपमा चिन्दथ्यौं एक गीतकार, एक कलाकार र एक स्वास्थ्यकर्मीका रुपमा चिन्दथ्यौं। वाणी प्रकाशनले उहाँको – जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह, जनस्वास्थ्य पाटा, बाटा र अनुभूति स्वास्थ्यसम्बन्धी आलेखसङ्ग्रह केही वर्षअघि प्रकाशित गरेको थियो। आज तिनै स्रष्टाको संस्मरणात्मक निबन्धसङ्रह मनको मझेरीलाई यस प्रकाशनले यहाँहरूसमक्ष प्रस्तुत गरेको छ। एउटा कवि, कलाकारलाई एउटा निबन्धकारको रुपमा राख्न पाउँदा हामीलाई खुसी लागेको छ।

आफ्ना मनका मझेरीमा गाँसिएका संस्मरणहरूलाई निबन्धकार सुब्बाले अति नै सरल र कलात्मक रुपमा प्रस्तुत गरेका छन्। जुन निबन्ध मानवीय समवेदनासँग निकट छन्। ग्रामीण जनजीवनका कथा–व्यथा र विषयवस्तुको विविधता यस सङ्ग्रहभित्रका निबन्धहरूमा पाइन्छन्। स्रष्टा सुब्बाले आफूभित्र जीवन्त भएर रहेका जीवनका सङ्ला धमिला स्मृतिलाई पाठकसमीप राख्ने प्रयास गरेका छन्। भौतिक रुपमा निबन्धका ती पात्रहरू रहे पनि, नरहे तापनि आफ्ना शब्द आलेखमा जीवन्त राखेका छन् ती पात्रहरूलाई। जुन प्रसङ्ग निबन्धहरूसँग गाँसिएका छन्। ती प्रसङ्गहरूलाई निबन्धकारले प्रेरक प्रसङ्गका रुपमा लिएका छन्। आफ्ना सफलताका सूत्र र श्रेयका रुपमा लिएका छन्। पहाडी कुहिरोले ढाकेको सुन्दर गाउँ कुहिरोका पर्दाबाट मुक्त भएर जब आफ्नो कञ्चन सौन्दर्य उद्घाटित गर्छ त्यति बेला सौन्दर्य पारखीहरूका आँखा, मन र मुटुमा एउटा आनन्दको अनुभूति हुन्छ। यस सङ्ग्रहभित्रका निबन्धले त्यस्तै अनुभव र अनुभूति हुने आशा राखेका छौं।  

आँखा, मन र मुटुभित्र अतीतलाई स्मृतिका क्यामेराले कैद गरेर खिचिएको शाब्दिक सुन्दर तस्वीर लेखकको मनको मझेरीमा जसरी टाँसिएको छ, त्यसरी नै पाठकको मनको मनको मझेरीमा पनि टाँसिने र जीवनन्त रहने अपेक्षा राख्दै मनको मझेरी प्रकाशनको अभिभारा दिएकोमा लेखकप्रति यस प्रकाशन हार्दिक धन्यवाद व्यक्त गर्दछ।

वाणी प्रकाशन, विराटनगर, नेपाल

मनको मझेरी

Thuprai

Publications

Similar Posts

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

  • |

    मुन्धुमी सौन्दर्यबोध

    मुन्धुमी सौन्दर्यबोध: किरात जीवन-दर्शन र काव्यिक चेतना डा. नवराज सुब्बा मुन्धुमी सौन्दर्यबोध: आदिम लय र आधुनिक चेतनाको महासङ्गम ‘मुन्धुमी सौन्दर्यबोध’ किरात सभ्यताको आदिम ध्वनि र आधुनिक चिन्तनको एउटा अनुपम दार्शनिक दस्तावेज हो। मुन्धुम केवल मन्त्र र ऋचाहरूको सङ्ग्रह मात्र होइन; यो त जीवन, प्रकृति र ब्रह्माण्डलाई हेर्ने एउटा अगाध ‘सौन्दर्यशास्त्रीय दृष्टि’ र शाश्वत जीवन-पद्धति हो।…

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

  • समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध

    चिकित्सा वा जनस्वास्थ्य पढेका विद्यार्थीले प्रायः एउटा स्वाभाविक प्रश्न सोध्छन्: हाम्रो विषयले नदिएको के कुरा मानवशास्त्रले दिन्छ? वास्तवमा यी विषयबीच धेरै कुरा मिल्छन्। मुख्य भिन्नता भनेको कुन कुरामा बढी ध्यान दिइन्छ, अध्ययन कसरी गरिन्छ र कस्तो प्रमाणलाई महत्त्व दिइन्छ भन्ने हो। चिकित्सा समाजशास्त्र र चिकित्सा मानवशास्त्र सँगसँगै विकसित भएका हुन्। यी दुई विषयले एकअर्काका विचार…

  • | |

    जीवन-मेरो-शब्दकोशमा

    कविता संग्रह “जीवन मेरो शब्दकोशमा” बरिष्ठ कवि बैरागी काइँलाको टिप्पणी नवराज लिम्बू सुब्बाको कवितासंग्रह “जीवन मेरो शब्दकोशमा” को पाण्डुलिपि पढ्ने अवसर पाएँ। यो संग्रहमा वि.सं. २०३५ देखि २०६२ सम्म लेखिएका ४७ कविता समेटिएका छन्। सबैभन्दा पहिले, कवि जागिरे जीवन बिताउँदै विभिन्न ठाउँमा पुग्थे। यस क्रममा उनले ठाउँ र परिस्थितिका प्रभावबाट प्रेरित भएर कविता लेखेका छन्।…

  • An Investigation of Tungdunge Mundhum, A Kirat Mythology

    Tungdunge Mundhum is a cultural heritage of the Kirat Limbu community. Ancestral worship is a prominent practice within the Kirat culture, particularly among the Samba clan. It can be called a mythology. This study aims to look scientifically at the knowledge, values , and beliefs hidden within the civilization. In this book, there is a…