दशैं

बन्द छलेर, कर्र्‍यू तोडेर
दशैं आएको छ आज बिर्खेको घरमा
केही दिन भए पनि खुशी  छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोति पनि फेरिएको छ
जगतमान जगतमा सबै पराय छन् भन्थ्यो
सन्तान लाखापाखा लागे भन्दै छट्पटिन्थ्यो
आज आफन्तै आफन्तले घेरिएको छ
समृद्धिको छाक खाएको छैन भन्थ्यो गरिबदास
पेटभरी खाएर आज आत्मसन्तुष्ट भएको छ
विजयले कहिल्यै धाप मारेको छैन
भन्थ्यो दुनियाँ
उ पनि विजयको टीका लगाइदिदै
शुभकामना बाँड्दै घरघर घुमिरहेको छ

यहीबेला सुटुक्क
एउटा कुरा सोध्न मन लाग्छ
हे दशैं !
तिमी केवल पाहुना भएर मात्र आउछौ
यो लालबाबुको घरमा सदा बस्न मिल्दैन ?
बजाउ“छु ढोल सधैं यी कर्मशील दुइ हातले
मिलेर रोप्छौं समृद्धिका बाटैबोट बाटाभरि
तिमी यहाँ झपक्क सयपत्री फक्रिदिए हुन्थ्यो
झुल्किदिए हुन्थ्यो विजयको टीका फूलमायाको निधारमा
टल्किदिए हुन्थ्यो नअस्ताउने गरी दिलमायाको आकाशमा
यो दशैमा लगाइने शान्ति, समृद्धि, सद्बुद्धि, टीका
कहिल्यै नझरिदिए हुन्थ्यो
कमसेकम
अभागी निधारमा ।

Similar Posts

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

Leave a Reply