बीच बाटोमा ब्यूँझेर

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह
कवि- नवराज सुब्बा
प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं ।

कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् ! सहअस्तित्वबोधका कविता । २०६३ सालको आयातनमा त्यस वर्षले ल्याएका रोग र शोकका, युद्ध र अग्निका, हडताल, बन्द र महामारीका, तराई र पहाडका गाउँगाउँ नै स्तब्ध हुने कथा छन् । नदी निदाएको बेला कविताले तिनै विपन्न र अन्धकारमा परेका माथिको अन्याय र अत्याचार देखाउँछ । जीवनको भयावहता एक कहाली लाग्दो परिस्थिति । कविले देखेका छन्—

रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा कतै उघ्रेनन्

यो महाभारत आदिम युगको नभई हाम्रै कालको हो, जहाँ निर्धाहरू (कतै बोक्सीको आरोपमा) लाई मृत्युदण्ड दिँदासम्म कोही बोल्दैनन् । अत्याचार चुलिएकै छ । त्यसैले कवि गुहार माग्छन्—

नदी ! ब्यूँझ निद्राबाट
बुद्ध ! अब त उघार आँखा !


 

दोस्रो संस्करण २०८३ हाम्रो आइडिया, विराटनगर, नेपाल।

 

Citation:

Subba, N. R. (2026). बीच बाटोमा ब्यूँझेर. In बीच बाटोमा ब्यूँझेर (2nd ed., p. 166). Hamro Idea. https://doi.org/10.5281/zenodo.23034768

प्रतिलिपि अधिकार © नवराज सुब्बा, २०२६

लाइसेन्स हस्तान्तरणः यो पुस्तकको Creative Commons Attribution 4.0 International (CC BY 4.0) अन्तर्राष्ट्रिय लाइसेन्स अन्तर्गत खुला पहुँँच (Open Access) मा उपलब्ध गराइएको छ।

स्थायी डिजिटल पहिचान (DOI): https://doi.org/10.5281/zenodo.23034768

Similar Posts

  • जनस्वास्थ्यका सवालहरू

    जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई…

  • | |

    बीच-बाटोमा-ब्यूँझेर

    लेखकः नवराज सुब्बा प्रकाशकः हाम्रो आइडिया, विराटनगर नेपाल दोस्रो संस्करण २०८३ साल कपिराइट © नवराज सुब्बा, २०८३ लाइसेन्सः यो पुस्तकको Creative Commons Attribution 4.0 International (CC BY 4.0) अन्तर्राष्ट्रिय लाइसेन्स अन्तर्गत खुला पहुँँच (Open Access) मा उपलब्ध गराइएको छ। स्थायी डिजिटल पहिचान (DOI): https://doi.org/10.5281/zenodo.23034768 Nawa Raj Subba, a celebrated voice in Nepali literature, brings another…

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • | |

    नेपाली भाषा साहित्य संस्कृति

    आलोचना र अनुसन्धान नेपाली भाषा, साहित्य र संस्कृति: बौद्धिक अनुसन्धानको नयाँ दृष्टि नेपाली भाषा साहित्य-संस्कृतिः आलोचना र अनुसन्धान” पुस्तक नेपाली वाङ्मय, संस्कृति र समाजको गहिरो अध्ययन हो। यस कृतिले केवल भाषा र साहित्यको चर्चा मात्र गर्दैन, बरु तिनका माध्यमबाट नेपाली समाजको बौद्धिक विकास पनि देखाउँछ। त्यसैले, यो पुस्तक नेपाली संस्कृति र साहित्यिक चिन्तन बुझ्नको लागि…

  • |

    Mundhum-Based Stress Management

    Discover a Home-Grown Solution to Modern Stress Today’s digital glamour brings material wealth. However, it also fuels anxiety, restlessness, and deep loneliness. Moreover, modern medicine often fails to cure our inner turmoil completely. Therefore, we must look to our own soil and ancestral philosophy for the cure. SAAYA: Mundhum-Based Stress Management Dr. Nawa Raj Subba…

Leave a Reply