कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठी

काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो ।

कवि सुब्बाको कविता सड्ग्रहमाथि चार जना समालोचक तथा कविहरुले कविताका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डा. कृष्णप्रसाद दाहालले कविताको भाषा र शैलीमा र समालोचक प्रा. लीला लुइँटेलले कविताको नारीपक्षमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कवि शैलेन्द्र साकारले नवराज सुब्बाका कवितामाथि समीक्षा गर्दै उनका कविता अर्गानिक कविता हुन् जो विशुद्घ नेपाली माटो र वातावरणका उपज हुन् भन्नु भयो । यसैगरी कवि विप्लव ढकालले सुब्बाका कविताका नोष्टालजिया पक्षमा प्रकाश पार्दै कविताको एउटा मूलश्रोत उनको अतीत अर्थात् जन्मस्थानमा वितेका बाल्यकाललाई लिएको पाइएको कुरा बताउनु भयो ।

विचार गोष्ठीमा दार्जिलिडका साहित्यकारहरु विन्ध्या सुब्बा, मणिकुमार सुब्बा, काठमाडौबाट कथाकार परशु प्रधान, चन्द्रप्रसाद भट्टराइ, पवन आलोक, विराटनगरबाट विवश पोखरेल, गण्डकीपुत्र, हेटौडाबाट गणेश पौडेल, गीता पन्थ लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त गोष्ठीमा विदेश तथा मुलुकका विभिन्न क्षेत्रका साहित्यिक संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो । समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टर्राईले साहित्यकारहरुको यस्ता भेटघाट र विचार विमर्शलाई आगामी वर्षहरूमा निरन्तरता दिइने कुरा बताउनु भयो ।

सन् १९६१ को अक्टोबर १ मा ताप्लेजुङ्को हाङ्पाङ गाउमा जन्मिएका कबी सुब्बा पेशाले स्वास्थ्यकर्मी हुन्। उनका यस अघी ‘जीवन मेरो शब्दकोशमा’ कबिता सङ्ग्रह र ‘मनको माझेरी’ लेख सङ्ग्रह प्रकासित भाईसकेका छन् भने उनले जनस्वास्थ्य सम्बन्धी पुस्तक र दर्जनौ अनुसन्धान मुलकलेख प्रकासित गरेकाछ्न्।

Similar Posts

  • आत्महत्या गर्न अघि

    दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र !

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

Leave a Reply