शहीदलाई सलाम !

सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ
स्वतन्त्रता न्याय खातिर लड्दालड्दै मर्‍यौ
यस्त वीर सपुतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

शोषित पीडित जनताको आत्मवल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

Similar Posts

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Afno Bhagya

    ४ आफ्नो भाग्य आफै लेख्‍ने दिन आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका…

  • गीत

    फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

  • |

    Janmiun Hami Nepalma

    (४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्‍न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं सम्मान गरौं पहिचान एकतालाई…

Leave a Reply