सहिदलाई सलाम

सहिदलाई सलाम- गीतसंग्रह
गीतकार- नवराज सुब्बा
प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन ।

गीतकार नवराज सुब्बाले यसअघि प्रकाशित कवितासंग्रहमा गीत पनि प्रकाशित गरेका थिए । यो उनको पहिलो एकल गीतसंग्रह हो । उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको प्रस्तुत गीतसंग्रहमा वरिष्ठ संगीतकार गणेश रसिकले भूमिका लेख्नु भएको छ । रसिक लेख्नुहुन्छ, समग्रमा भन्नुपर्दा उनको गीतमा ताल छ, लय छ, लोकजीवन, लोकभाका र गाउँघरमा जन्मेको स्पष्ट परिचय छ । यस्ता गाउँले परिवेशलाई टपक्क टिप्ने गीतकार नवराज सुब्बा स्वयम् राम्रा गायक र सङ्गीतकार पनि हुन् । तर गीतकार, सङ्गीतकार र गायक नवराज सुब्बाले गीत गाउन र सङ्गीत गर्न किन छोडे, मभित्र एउटा प्रश्न उठिरहेको छ । हुनसक्छ यो प्रश्नको जवाफ मलाई मात्र होइन उहाँको गायकीलाई सुन्ने आम स्रोताहरूलाई पनि दिनुपर्ने हुन्छ । नवराज सुब्बा गीतकार मात्र होइनन् । बहुमुखी प्रतिभाका धनी हुन् ।

Nepali Version Preview/Download

Similar Posts

  • Kirat Limbu Culture

    Human existence is believed to be incomplete without the enrichment of culture. Some individuals wholeheartedly immerse themselves in their cultural surroundings, while others observe from a distance.

    The ancient Kirat civilization of Nepal predates any religious texts we have. Unfortunately, their profound cultural wisdom has primarily faded, leading to a disheartening void in our understanding of ancient knowledge. The plight of the indigenous communities in the land nurtured by their toil and sacrifice is a cause for concern. Neglecting the valuable contributions of these indigenous communities in the name of progress leaves us incomplete.

    Through a thorough anthropological study of the Kirat Limbu community, we’ve arrived at factual and logical conclusions regarding the questions they’ve raised. This writer endeavors to share this information, driven purely by academic value and recognition.

    Recognizing his responsibility, this writer, in the later stages of life, has felt a sense of urgency in preserving the positivity of research. The book is published to document synthesized knowledge based on trustworthy information and data, thereby sharing it with readers.

    This book has expected to be a valuable resource for those seeking to understand the true essence of Nepali soil, to explore the rich Kirat civilization, its culture, and the intricate tapestry of ethnic issues—best of luck on this enlightening journey.

  • | |

    जनस्वास्थ्यका-सवालहरू

    जनस्वास्थ्यका-सवालहरू: जनचेतना र स्वास्थ्य प्रबर्धनका लागि मार्गदर्शक पुस्तक विधा: लेखलेखक: नवराज सुब्बासंस्करण प्रथम: २०६४पुस्तकमा संग्रहित लेखहरू: ४९ परिचय जनस्वास्थ्यका-सवालहरू नवराज सुब्बाद्वारा लिखित, जनस्वास्थ्य र जनचेतना सम्बन्धी ४९ लेखहरूको संग्रह हो। यो पुस्तक जनस्वास्थ्यका विविध पक्ष, स्वास्थ्य समस्याहरू, तिनका समाधान, र स्वास्थ्य नीति तथा कार्यक्रमहरूको बारेमा गहन जानकारी दिन्छ। यसले साधारण पुस्तकका मुख्य विषयवस्तुहरू यस पुस्तकमा…

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

  • An Investigation of Tungdunge Mundhum, A Kirat Mythology

    Tungdunge Mundhum is a cultural heritage of the Kirat Limbu community. Ancestral worship is a prominent practice within the Kirat culture, particularly among the Samba clan. It can be called a mythology. This study aims to look scientifically at the knowledge, values , and beliefs hidden within the civilization. In this book, there is a…

  • | |

    Janaswasthya Abhyas Anubhuti

    कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस…

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

Leave a Reply