|

Himalaima Hiun

हिमालैमा हिउँ
Himalaima Hiun, Nepali Folk Song based music by Nawa Raj Subba

 

 

 

 

 

 

 

 

१ हिमालैमा हिउँ 

हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा
कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर ।

फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै
ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस ।

हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै
हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त ।

आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि
गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।

(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ)

Similar Posts

  • |

    Chindina Nabhana

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ४ चिनिन नभन चिनिन नभन साथी चिन्दिनँ नभन गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन । फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन । रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान जीवनसाथी साधना मेरो…

  • |

    Janmiun Hami Nepalma

    (४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्‍न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं सम्मान गरौं पहिचान एकतालाई…

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

  • |

    Nepali Holi Song

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ५ जीवन खुल्छ जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा आयो होली, खेलौं होली, नाचौं होली, होलीको रूपरङ्गमा । बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ के मधेस, के पहाड मीठो सद्भाव छ आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । रङ्गीविरङ्गी…