बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो । वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।
Posted inगतिविधि
सहिदलाई सलाम विमोचित
Posted by
Dr. Nawa Raj
No Comments
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.
Post navigation
Previous Post
काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)
Next Post
हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण