दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।

Similar Posts

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • विराटनगरमा होमियोपैथी दिवस

    चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • Dental Health Camp

    Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations. दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर । मोरङ, पथरी–९ बोक्रेचोकमा एकदिने दन्त शिविरको आयोजना गरियो । डा. सुधिर श्रेष्ठ र डा. सफल ढुङ्गेल सम्मिलित टोलीले १५० जना बढीको दाँत परीक्षण तथा उपचार गरेको छ । चौतारी सामुदायिक वन समूह, सुन्दर सामुदायिक…

Leave a Reply