बैशाख २३, २०६८ मोरङ । मोरङ हसन्दह वडा न १ मा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । स्थानीय डम्बरकुमारी लुइँटेलले आफ्ना स्वर्गीय पति धनपति लुइँटेलको स्मृतिमा एक कट्ठा  जमिन प्रदान र चार कोठे भवन निर्माण गरिदिनु भएको छ । करिव ८ लाख मुल्य पर्ने उक्त भवन तथा जग्गामा स्थानीय गाविसले रु १३ हजार र बिएनएमटी संस्थाले रु २० हजार सहयोग गरेको थियो ।

उक्त भवनलाई आज एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले उद्घाटन गर्दै डम्बरकुमारी लुइँटेललाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभयो । उक्त गाउँघर क्लिनिकलाइ आवश्यक पर्ने औषधी, उपकरण र फर्निचर जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिदिने  प्रतिवद्धता प्रमुख सुब्बाले गर्नुभयो ।

सहिदलाई सलाम विमोचित
सहिदलाई सलाम

Leave a Comment