धन्यवाद तथा आभार प्रकट
Folk song album released
प्रेमील तीन मुक्तक
Delivery Practices among Rajbanshi
मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा
विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ ।
सामान्यतयाः मानसिक रोग चार प्रकारका वर्गीकरण गरिएको हुन्छ । १. साइकोसिस वा पागलपन २. डिप्रेसन वा उदासपन, ३. चिन्तारोग वा मानसिक तनाव र ४. अन्य अर्थात् छारेरोग, लागुपदार्थ मादकपदार्थका दुव्र्यसनी, सुस्त मनस्थिति आदि । मानसिक रोगका कारणहरूमा वंशानुगत, मानसिक तनाव तथा घटनाविशेष, पूर्व प्रसूती तथा उत्तर प्रसूती अवस्थामा पर्ने असर पर्दछन् । यस्तै संक्रमण जस्तै मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाउकोमा चोट, लामो समयसम्म मद्यपान, उपचार नगरिएको छारेरोग र स्नायु प्रणालीमा उत्पन्न परिवर्तन पनि मानसिक रोगका मुख्य कारणहरू हुन् ।