|

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)

डा. नवराज सुब्बा । 

अतः हामी वर्तमानमा जे छौँ त्यो सत्य हो । तर हाम्रो अतीत हेर्ने दृष्टिकोणमा केही दोष छ । त्यो अज्ञानतावश मात्र भएको हैन, नियतवश पनि त्यसो भएको छ । तर त्यो मानवीय चरित्र पनि हो । यो पनि सत्य हो । यसकारण यस्ता मानवशास्त्रीय, समाजशास्त्रीय घटनाक्रम र परिदृपरिदृश्यलाई हामीले मनोविज्ञानको दृष्टिले हेर्न सकेमा जिज्ञासा केही हदसम्म शान्त हुनेछन् ।

एक प्रसङ्गमा मिचिगन विश्वविद्यालयका प्राध्यापक मारोहाङ लिम्बूले तुङदुङ्गे मुन्धुमसम्बन्धी मेरो वेभनेर जुम प्रस्तुतिउपर दिनुभएको एक प्रतिक्रिया यु–ट्यूबमा यस्तो पाएँ– “उहाँका यी ज्ञान र सिद्धान्त अहिलेकाले नबुझ्लान्, ती आगामी २०० वर्ष पछि मात्र बुझिने छन्” । उहाँको यो भनाइलाई म सिधै खण्डन गर्ने अवस्थामा छैन । म केवल कामना गर्न सक्दछु, कुनै पनि जातिको ज्ञान, दर्शन, सिद्धान्त, इतिहास माथि एक्काइसौँ शताब्दीको वैज्ञानिक प्रकाशमा अध्ययन गर्न, प्राज्ञिक र बौद्धिक माथापच्ची गर्न र सत्यतथ्य पर्गेल्न त्यति लामो काल हामीले पर्खन नपरोस् ।

https://thuprai.com/book/kirat-limbu-sanskriti/

सामाजिक तुलना गर्नु सर्वव्यापी मानवीय विशेषता हो । यसबाट नै मानिसले आफ्नो मौलिकता थाहा पाउँछ र अन्य समुदायसित कसरी व्यवहार गर्ने भन्ने तय गर्दछ । सामाजिक तुलनाले वर्तमान जटिल सामाजिक संरचनामा पनि मानिसलाई जिउने क्षमता प्रदान गर्दछ । यद्यपि यस दौरानमा सामाजिक तुलनाको विस्तृत आधारशिला जानकारीमा भने कमी पाइन्छ ।

यसर्थ, हालसम्म लिखित दस्तावेजमा खुल्न नसकेका सांस्कृतिक कठोरता र व्यक्तिगत सामाजिक तुलनात्मक प्रवृत्तिमाथि लेखमार्फत प्रकाश पारिएका छन् । व्यक्ति, स्थिति र संस्कृतिबीच सामाजिक तुलना गर्ने प्रवृत्ति पनि व्याख्या भएका छन् । किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना शीर्षकअन्तर्गत फयङ साँबाको तुलनात्मक अध्ययनले समाजका सांस्कृतिक आयाममा पाइने कठोरपन र नरमपन, व्यक्तिवाद र सामूहिकवादबीचको खाडल कम गर्न बल पुग्नेमा विश्वास गर्दछु ।

अन्तमा,
“सत्य सबैलाई होइन, केवल खोज्नेलाई मात्र हो ।”
प्रसिद्ध दार्शनिक तथा विद्वान लेखक आयन रेन्डको उक्त सारगर्भित उद्गार सापटी लिँदै बिदा मागेँ । सेवा !

(पुस्तकको आरम्भ भूमिकादेखि अन्तिम पानाका केही अनुच्छेद पाठकलाई साझा गरें । हाल प्रकाशक संस्थाहरू पुस्तक विक्री वितरणमा क्रियाशील छन् । पुस्तकसम्बन्धी सर्वाधिकार लेखकको भए तापनि उल्लेखित व्यावसायिक दृष्टिलाई ध्यानमा राखेर पुस्तकलाई केही वर्षसम्म इ–बुकको रुपमा निःशुल्क वितरण गर्न असमर्थ छु । हाल पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गरिरहेको छु । अध्यायगत रुपमा अनुवादलाई अनलाइनमा क्रमसः प्रकाशित गर्नेछु ।)

Book Online Available at

Similar Posts

  • मृतक साहित्य

    Dr. Nawaraj Subba मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि…

  • प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

    डा. नवराज सुब्बा मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

  • आकाश र आत्मावीचको संवाद

    “आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्। खण्डकाव्य – आकाश र आत्माबीचको…

  • पहिचानको मनोवैज्ञानिक आधार

    डा. नवराज सुब्बा नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा…

  • गाईजात्रा

    डा‍‌. नवराज सुब्बा गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार…