हामी पहिले नेपाली
हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।
शुभकामना गीत
नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि…
मोरङगीत
पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक यो मोरङ चेतनाको विऊ छर्दछ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राह, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानीपोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फूलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात…
खेलकूद –गीत
जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।
दुर्व्यसन विरुद्ध गीत
अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।