Hijo Bhanda

५ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया) download

Continue Reading

Afno Bhagya

४ आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका छन् लय समातेर आफ्नो गीत […]

Continue Reading

Deshko Maya

३ देशको माया गर्नु भन्या आफैलाई चिन्नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको माया गर्नु […]

Continue Reading

Sabai Bhanda

२ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली बनाउने मन छ […]

Continue Reading

Hami Nepali

१ नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली हिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छ शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ । मेचीमा घाम झुल्कदा कालीको शीत पग्लिओस् हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं […]

Continue Reading