सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३

यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर बोकेर प्रभातफेरी गरिरहन पर्दैन । बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गरेर वा एक्लै बसेर भए पनि यसबारे चिन्तन मनन् गरेर यो दिवसलाई सार्थक तुल्याउन सकिन्छ ।
मान्छेले आफ्नो बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक सम्पत्ति हुन् । मूर्त वा अमूर्त रचना वा अभिव्यक्ति जो बौद्धिक सम्पत्ति हुनलाई मौलिक हुनै पर्दछ । यसपछि यो अधिकार स्रष्टालाई स्वतः प्राप्त हुन्छ चाहे त्यो वस्तु गुणस्तरीय, उपयोगी वा मूल्यवान होस् वा नहोस् । यस्तो अधिकार प्राप्त गर्न सर्जकले कुनै औपचारिकता पूरा गरि रहनु पर्दैन । तर सार्वजनिक अभिलेख राख्नको लागि वा प्रमाण पु¥याउनका लागि स्वैच्कि रूपमा दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ । नेपालमा पनि यस सम्बन्धि ब्यवस्थाको लागि प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तथा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरिएको छ । (more…)

Continue Readingसिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि…

Continue Readingशुभकामना गीत

शुभकामना गीत लोकार्पण

२०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः…

Continue Readingशुभकामना गीत लोकार्पण

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका साथ आफ्ना रचनामा अभिव्यक्त गर्ने प्रयास गर्छन् । जीवन मेरो शब्दकोशमा , बीच बाटोमा ब्यूझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, शहीदलाई सलाम गीतसंग्रह र मनको मझेरी निबन्धसंग्रह आदि संकलनमार्फत उनले आफ्नो परिचयको एउटा खास कित्तालाई प्रदर्शन गरिसकेका छन् । पछिल्लो समयमा कवि सुब्बाले मुक्तकमा पनि आफ्नो उपस्थिति जनाएका छन् । मुक्तकको क्षेत्रमा उनको उपस्थिति धेरै ठाउँमा आशालाग्दो र प्रभावकारी पनि छन् । (more…)

Continue Readingमुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले…

Continue Readingकार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

विद्यार्थीको चिठी

नवराज सर
कविता लेख्न कसैले लाएको छैन मलाई कर
म उत्सुक छु हजुरलाई भेट्न नवराज सर ।
हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक
दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक ।
धेरे जनाको भीडमा मैले हजुरलाई चिनें
साहित्यलाई हजुरले रूचीको रूपमा लिनें ।
हजुरका बारेमा मैले धेरैजनाबाट सुनें
हजुरका कविताहरू छन् मन छुनें ।
ठग फटाहादेखि हजुर परपर सर्ने
गरिब अपाङ्गहरूलाई हजुरले धेरै माया गर्ने ।
हजुरका गीतह– मिडिया मार्फत् धेरै ठाउँमा गएको छ
साहित्यको क्षेत्रमा हजुरले धेरै नाम कमाउनु भएको छ ।
कविता लेख्न भनि शब्दकोशबाट शब्दहरू झिकें
हजुरबाट मैले धेरै कुराहरू सिकें ।
यस कवितामा मेरा शब्दहरू छन् ओतप्रोत
हजुर हुनुहुन्छ धेरै मानिसहरूको प्रेरणाको श्रोत ।
अहिले म केवल एक विद्यार्थी हुँ
हजुरबाट मैले धेरै आशा लिएको छु ।
म भित्र रहेको प्रतिभालाई खोजि दिनुस्
साहित्यका बारेमा मलाई ज्ञान दिनुस् ।
त्यति गरे पछि मात्र म एक कवियत्री हुन्छु
अनि आफ्ना कविताहरूले श्रोताहरूको मन छुन्छु ।
करिश्मा कोइराला
विराटनगर– ११, अमरटोल
UNV College (BBS II Year) (more…)

Continue Readingविद्यार्थीको चिठी

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो कृतिमा छापिएकैबाट थाहा हुन्छ ।

बाँचिराखेका अग्रजहरुमा संभवत तेश्रो जेठा विद्धान प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको सो प्रकाशित कृतिमा एकसय एक मुक्तकहरु रहेका छन् । व्यक्तिगत, घरायसी , समाजिक तथा राजनीति सम्बद्ध विषयहरु यो साहित्यिक कृतिले समेटेको छ । देश बोल्दैन, बोलेपछि………भन्ने विचार हामीले केहि वर्ष अघि लेखनीमा व्यक्त गरेको झट्ट संझेर यो कृतिलाई तुलना गर्दा यसमा देश बोलेको पाइन्छ । धेरै कम बोल्ने देश केहि समययताको अवस्थाले यतिखेर देशले बोलिरहनु परेको कुरा यो कृतिले पनि स्पष्ट पारेको छ । (more…)

Continue Readingनवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो