Self-Reflection at the Moment
Introduction
The author of “Self-Reflection at the Moment,” a new anthology of poems, is a Nepali-writers-in-English. In the foreword, he offered a comment about poetry and creation. These texts express many emotions.
Poetry is a form of communication with the soul
Dr Nawa Raj Subba.
Poetry is something that will not die no matter how much you write. I thought I’d finished everything in six collections of poems, but the poem refused to leave me, so I’m picking up the seventh anthology of poems again.
As the flower of emotion was swinging in my mind, I reminded myself, now, let’s move on to something else. I reasoned that the compositions that would come in the poem were just my repetitions. But poetry is not something that can be written willingly or not. Just as if we are told not to die, we will die, but if we are dead, we will live; that is how poetry is written, as long as we live. I have considered poetry as my pulse. I believe creation to be the soul. If someone tries to meet or touch me, I meet them in poetry; I meet them at the level of the soul.
Themes
आत्मासितको साक्षात्कार रहेछ कविता
डा. नवराज सुब्बा ।
जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति मात्र हुन् भनेर आफैसित तर्किएँ । तर आफूले चाहेर लेखिने र नचाहेर नलेखिने चीज होइन रहेछ कविता । जसरी नमरौं भनिन्छ मरिन्छ, अब त मरे हुन्थ्यो भन्यो बाँचिन्छ, त्यस्तै रहेछ कविता, जति दिन बाँचिन्छ लेखिन्छ । मैले मेरो धुकधुकी ठानेको छु कवितालाई । आत्मा ठानेको छु सिर्जनालाई । कसैले मलाई भेट्न खोजे, छाम्न खोजे म कवितामै भेटिन्छु, आत्माको तहमैं भेटिन्छु ।
विगत २०७२ साल वैशाखमा नेपालमा ठूलो भूकम्प आएताका कवितासङ्ग्रह आधाउधि लेखिसकेको रहेछु । २०७७ सालमा कोरोना कोभिड १९ महामारीको दोस्रो लहर चल्दा हाम्रो हालत निकै बिग्रियो । भूकम्पको चोट र महामारीको पीडा र बीचमा राजनीतिको रापले मान्छेको दोहोलो काड्दा रचनाको चापले सङ्ग्रहको आकार लियो । एक दशकको अनुभूतिलाई एउटा मालामा उन्दा उचित होला भन्ठानें ।
Intellectual Property
Dr. Nawa Raj Subba.
An object created by a person using his knowledge, wisdom, and art is called intellectual property. The creations produced in literature, music, art, prose, poetry, drama, and music are intellectual property. For example, writers’ stories, poems, and plays are their intellectual property. Likewise, any song is the intellectual property of the lyricist, music composer, and singer. Copyright laws protect these intellectual properties.
Intellectual Property Day is celebrated on April 26 every year around the world. There is no need to go around the city carrying placards or banners to commemorate this day. If possible, intellectuals can sit together and discuss this. Even sitting alone, you can make the day worthwhile by thinking about its values and beliefs.
बौद्धिक सम्पत्ति
डा. नवराज सुब्बा ।
कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार कानुनले सुरक्षित गर्दछ ।
विश्वभर हरेक वर्ष अप्रिल २६ का दिन विश्वमा यो बौद्धिक सम्पत्ति दिवस मनाइन्छ । यो दिवस मनाउनलाई कुनै प्लेकार्ड वा ब्यानर बोकेर नगर परिक्रमा गरिरहन पर्दैन । सकिन्छ भने बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गर्न सकिन्छ । एक्लै बसेर भए पनि यसको मूल्य र मान्यताबारे चिन्तन मनन् गरेर वौद्धिक दिवसलाई सार्थक तुल्याउन सकिन्छ ।
मान्छेले आफ्नो बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक सम्पत्ति हुन् । यद्यपि मूर्त वा अमूर्त रचना वा अभिव्यक्ति जो बौद्धिक सम्पत्ति हुनलाई मौलिक हुनै पर्दछ । यसपछि यो अधिकार स्रष्टालाई स्वतः प्राप्त हुन्छ चाहे त्यो वस्तु गुणस्तरीय, उपयोगी वा मूल्यवान होस् वा नहोस् ।
Ganesh Bahadur Rai in Atharai Hangpang
Dr. Nawa Raj Subba
Background of the Village
Hangpang village in Taplejung district has now transformed into Hangpang ward under Atharai Triveni Gaupalika of federal Nepal. This village has become the headquarters of neighboring Change, Phulbari, and Nighuradin villages. Saraswati Higher Secondary School locates in the center of Atharai Triveni Gaupalika and is spreading the light of education. To know the educational background here, we need to read the school’s history.
Taplejung’s Atharai Hangpang Village, before 2032 VS, was under a remote village in the Tehrathum district. Although this village was distant, the people there were aware. After the beginning of the 21st century, there was a tradition of gathering students in clusters and appointing a teacher to teach them. It prepared human resources who knew how to do accounting for that time.
The light of the social consciousness of the 2007 revolution of Nepal has reached here. Then, people felt that informal education alone could not meet the demands and needs of the time. As a result, people started building community schools in different centers of the village. They arranged a system based on public participation to pay teachers. The society agreed to pay the teachers by collecting the grain or money donated by everyone. In this way, the campaign to open and operate the school proceeded. As a result, in 2018, the Hangpang people established the Saraswati D.S.B. middle school in the village.
आठराई हाङपाङमा गणेशबहादुर राई
डा. नवराज सुब्बा
गाउँको पृष्ठभूमि
ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको शैक्षिक पृष्ठभूमि जान्न विद्यालयको इतिहास कोट्याउन पर्दछ ।
आठराई हाङपाङ गाउँ वि.स. २०३२ अघि तेह्रथूम जिल्लाको एक दूर्गम गाउँ आठराई हाङपाङ थियो । यो गाउँ दुर्गम भए तापनि त्यहाँका जनता जागरुक थिए । विक्रम सम्बत् एक्काइशौं शताब्दी आरम्भपछि यहाँ टोलटोलमा विद्यार्थी भेला पारेर पढाउनलाई शिक्षक राख्ने चलन चल्यो । यसले तत्कालीन अवस्थामा लेखापढी गर्न जान्ने जनशक्ति तयार पार्यो ।
२००७ सालको क्रान्तिको सामाजिक चेतनाको प्रकाश यहाँसम्म आइपुग्यो । तब अनौपचारिक शिक्षाले मात्र समयको माग र आवश्यकतालाई पूरा गर्न नसकेको महसुस भयो । फलस्वरुप गाउँघरका विभिन्न केन्द्रहरुमा जनताले सामुदायिक विद्यालय भवन बनाउन थाले । उनीहरुले शिक्षकलाई पारिश्रामिक दिनका लागि जनसहभागितामा आधारित ब्यवस्था मिलाए । सबैको मुठीदानमा प्राप्त अन्न वा रकम दान सङ्कलन गरी शिक्षकलाई पारिश्रामिक दिने ब्यवस्था मिलाइयो । यसरी नै विद्यालय खोल्ने र संचालन गर्ने अभियान अघि बढ्यो । फलस्वरुप २०१८ सालमा हाङपाङमा सरस्वती डि.एस.बी. मिडिल स्कुल स्थापना भयो ।