रचना

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • पेशालाई चिर्दै ‘लुकेको रहर’ (भोजराज श्रेष्ठ)

    धेरैलाई आफ्नो परिचय दिँदा पेशातिर झुकाव हुँदै दिने गरेका छन् । उनी आफ्नो परिचय पेशा भन्दा पनि फरक रूपले दिन चाहन्छन् । पेशाले उनी जनस्वाथ्य कार्यालयका प्रमुख हुन् । तर उनको नाम पेशा भन्दा पनि साहित्यकार भन्न रुचाउँछन् । उनी हुन् साहित्यकार नवराज सुब्बा ।

  • सुब्बाका एल्बमको भिडियो बजारमा आउने

    विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।