Blog

  • |

    Geet Gau Ekatako

    (२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

  • |

    Baigunilai Gunle

    ५. बैगुनीलाई गुनले फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार सोझो बाटो हिडे पनि छिर्के लाउने हजार दुस्मनसित मीत लाउन माफी खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । काम अनि मान्छेका नाम सोध्दासोध्दै कागजमा नअटेर मनमा लेख्दालेख्दै छक्क परें मान्छेका रूप नाना…

  • |

    Simalako Bhuwa

    ४. सिमलको भुवासरी सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु…