पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा

नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा निरन्तर जन्माउँछ । यसैले यो विषय सामाजिक अध्ययन र राजनीतिको लागि मलिलो बनेको छ । तर यस विषयमा पर्याप्त बुझाइ हुन नसके पनि आ–आफ्ना निष्कर्ष निकालिन्छन् । निष्कर्षलाई आफू अनुकूल व्याख्या र प्रयोग गरिन्छन् । आज प्राज्ञिक जगतका विविध आयाममा यसबारे के के काम वा अध्ययनहरू भइरहेछन् जान्न जरूरी भएको छ । यसबारे सामाज मनोविज्ञान क्षेत्रमा पहिचानलाई कसरी लिइन्छ वा बुझिन्छ भनेर विभिन्न धारणा र सिद्धान्तको विकास भएको पाइन्छ । यसले समाज र समाजको गतिविधि बुझ्न सहज बनाएको छ । (more…)

Continue Readingपहिचानको मनोवैज्ञानिक आधार

किरात मुन्धुम सुन्दरतम् मानव चेतना

  • डा. नवराज सुब्बा

(क) पृष्ठभूमि

मुन्धुमको मूल मौखिक परम्परा
मुन्धुम मौखिक परम्परा हो । यो लोक साहित्य हो । यसलाई साम्बा, येबा, येमा, फेदाङबाको मुख–मुखमा झुण्डिदै आएको थतुनोमा विकसित थुतुरे वेद पनि भनिन्छ । लामो पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै जाँदा यसको मौलिकतामा केही फरक पर्न सक्दछ । यसैले विभिन्न पुस्तामा, भिन्न स्थानमा पाइने मुन्धुममा विविधता पाइन्छन् । यसैले समय र भूगोलको प्रभाव मुन्धुममा पर्नु स्वभाविक छ । यसैले लेखनविधिको विकास भएपछि मुन्धुमलाई पनि लिपिवद्ध गर्ने प्रयास भए ।

मुन्धुमको लेखन परम्परा
नवौं/दशौं शताब्दीमा किराती राजा श्रीजङ्घाले धर्मशास्त्रलाई लेखन परम्परामा ढाल्ने पहिलो प्रयास गर्नुभएको इतिहास पाइन्छ । आठौं शताब्दीमा नै तिब्बतका राजा थिसोङ डिसोङले भारत पाटलीपुत्र (पटना) बाट विद्वानहरु पं. पद्मसम्भव, सन्त रक्षित, विमल मित्रलाई बोलाएर उनीहरुको योगदानसमेतले तिब्बतमा वौद्धधर्म शास्त्रको लेखन उत्कर्षमा पुगेको अवस्था थियो । ती विद्वानहरुले तिब्बतमा अन्य स्थानीय विद्वानहरु समेत जन्माएका थिए । त्यसकारण तिब्बत ज्ञानको केन्द्र बनेको थियो । त्यही अवसरको फाइदा उठाउँदै श्रीजंगाले त्यहाँ गएर विद्वानहरुको सहयोगमा लिपीको विकास गरे र वौद्धग्रन्थ साथै मुन्धुमलाई उक्त लिपीमा उतारे । जसलाई पछि श्रीजंघा लिपी भनियो । त्यसको एक शताब्दी पछि अठारौं शताब्दीमा ते–ओङसी–श्रीजंगा थेबेले सावा येत्हाङ, सुसुवा लिलिमको उपदेशलाई मुन्धुमको रुपमा प्रकाशित गर्नुभयो  (Marohang, 2017)। मुन्धुम लेखनको तेस्रो प्रयास स्वरुप, सन् १९८५ जुलाईमा कालिम्पोङमा मैतसिंह थेगिमको अध्यक्षतामा बसेको एक वैठकले मुन्धुमका ज्ञाता लालसोर सेन्दाङलाई प्रचलित मुन्धुम संकलन गरेर लेख्न लगाउने निर्णय ग¥यो । लालसोर सेन्दाङले त्यसबेला लेखेको मुन्धुमकै आधारमा इमानसिंह चेम्जोङले किरातको मुन्धुम (१९६१) प्रकाशित गर्नुभयो । सोही मुन्धुम  हाल आधिकारिक मुन्धुमको रुपमा किरात याक्थुङ समुदायमा प्रचलित छ ।

इतिहासकार इमानसिंह चेमजोङद्वारा संकलित/सम्पादित  ‘किरात मुन्धुम’ (1961[2003]),  किरात दर्शनको सारांश (1969[2003]) ग्रन्थहरूमा आधारित रहेर मुन्धुमबारे सामान्य चर्चा गर्दैछु । श्रुति परम्परामा आधारित लोकसाहित्यको रुपमा विकसित महाकाव्यलाई तीन देखि १२ दिन रात लगाएर तङसिङ गर्दा मुन्धुम गाइन्छ । यति लामो महाकाव्यलाई लिपिवद्ध गर्नु स्वयम्मा चुनौतिपूर्ण कार्य हो । लेखकले पुस्तक लेखनका क्रममा सिरिजङ्घा लिपि, रोंग लिपि र चन्द्रपुलिङ लिपिमा लेखिएका हस्तलिखित ६ वटा पुस्तकहरुको आधारमा मुन्धुम लेखिएको बताउनु भएको छ । (more…)

Continue Readingकिरात मुन्धुम सुन्दरतम् मानव चेतना

कोशी मेची नामाकरणमा किरात प्रभाव

डा. नवराज सुब्बा

पृष्ठभूमि
इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई शुद्र संज्ञाले हेयभाव प्रकट गरेको मनुस्मृति दशौं अध्यायमा उल्लेखित छ । आर्य संस्कृति नमिलेर अलग्याउन खोजेको संस्कृत साहित्यले किरातको गरिमामय उपस्थिति रहेको महाभारतकालमा देखाउँछ । उक्त कालमा विहारमा हर्वाहाङ र बंगालमा दर्बाहाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ (विराट) प्रसिद्ध राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (Chemjong, 2003a)। (more…)

Continue Readingकोशी मेची नामाकरणमा किरात प्रभाव

‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

– डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
साहित्य अमर छ । साहित्यकारको भौतिक शरीर नरहे पनि उनका लिखित अनुभूति, स्वाद, आग्रह र सन्देश सधैं जीवित रहन्छन् । नेपालको एक ऐतिहासिक तथा सुन्दर जिल्ला पाल्पा निवासी कवि कृष्ण पहारीलाई म ‘स्वर्गीय’ शब्दले सम्बोधन गर्न त्यसैले चाहन्न । उनीसंग मेरो देखभेट कहिल्यै भएन । कुराकानी त भयो तर फोनमा, फेसबुकमा, म्यासेञ्जरमा मात्र । उनले केही वर्ष अघि मलाई उनको प्रकाशित कवितासंग्रह ‘मान्छे हराएको देश’ समीक्षार्थ कुरीयर मार्फत् पठाएका थिए । उनीसंगको कुराकानीमा मैले ‘हुन्छ गरौंला’ त भनें, तर भित्री मनमा म समीक्षा तथा समालोचनामा हात भरसक हाल्दिन भनेर एकप्रकारको अठोट गरेर सबैलाई टार्दै बसि रहें । उनले पछिपछि फोनमा समीक्षाको कुरा उठाउन पनि छाडे । उनी स्वास्थ्यकर्मी पनि भएकाले हाम्रो अर्को पनि नाता थियो, त्यतैतिर कुरा मोडियो । उनले एकपटक विराटनगर आउने इच्छा भएको कुरा प्रकट गरेका थिए । यसरी म पनि कुनैबेला उनीसंग रमाइलो भेटघाट होला भनेर आशामा बसेको थिएँ । (more…)

Continue Reading‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

– डा. नवराज सुब्बा

नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो चिनो लगाउन मात्र भनिएको थियो, बढी गरेछ अनि त्यसको पनि पछि नाक काटियो भन्ने अर्का विद्वान डा. जगमान गुरूङको हाईहाई छ । यसले हामी हाम्रो इतिहासको नराम्रो पक्ष सुन्ने, पढ्ने वा पचाउने अवस्थामा रहेनछौं, भन्ने जनाउँछ । जेहोस् इतिहासमा नेपाल एकीकरणको दौरान विवादास्पद घटना भएका थिए भनेर इतिहास स्पष्ट छ । यसै शिलसिलामा त्रिभुवन विश्व विद्यालयका सेवानिवृत्त प्राध्यापक डा. विष्णुसिंह राईले गोरखाली आक्रमणबाट खम्बुवानको एक सन्तानको कसरी विस्थापन भयो भन्ने सम्बन्धमा गरिएको एक अनुसन्धानमा आधारित तथ्यहरू राख्तैछु । प्रस्तुत आलेख प्रा. डा. मारोहाङ खवाहाङ लिम्बूले अनुसन्धानकर्ता डा. राईसंग गर्नुभएको अन्तर्वार्तामा आधारित छ । (more…)

Continue Readingगोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

मृतक साहित्य

Dr. Nawaraj Subba

मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि मृत्यु हुन्छ । त्यसपछि शरीरको महत्व हुँदैन, यसलाई सही ढंगले विसर्जन गर्नुपर्दछ भन्ने मत पाइन्छ । हिन्दू धर्म दर्शनले शवको सही अन्त्येष्टी पछि मात्र आत्माले शान्ति पाउने कुरामा विश्वास राख्तछ । (more…)

Continue Readingमृतक साहित्य

लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

डा. नवराज सुब्बा

आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा, लक्षणा र ब्यञ्जना भावार्थ, प्रतीक र विम्बलाई गुरु, भक्त वा पाठकले आ–आफ्नै ढंगले ब्याख्या गर्ने गरेकाछ्न् । त्यसैले ग्रन्थउपर अन्त्यहीन शास्त्रार्थ र विभिन्न ब्याख्यान् हुने गरेको छन् । हिन्दू वेद अर्थात् किरात मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित लोकगाथा हुन्, जो लेख्यरूपमा आउनुपूर्व लामो कालखण्डसम्म सयौं–हजारौं पुस्ता मुखमुखमा झुण्डिएर, धेरै भूगोल खेपेर मात्र एक–दुई हजारवर्षपूर्व लेख्य रूपमा आइपुगेका हुन् । श्रुतिस्मृति परम्परा लेखिनुपूर्व यो एक लोकसाहित्यको रूपमा उत्पत्ति र विकसित भयो । यसैले यसको अध्ययन गर्न लोक साहित्यसम्बन्धी सिद्धान्तको ज्ञान हुन पनि आवश्यक छ । (more…)

Continue Readingलोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा