गीत
फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।