|

Hami Pahile Nepali

nepali-national-songs

हामी पहिले नेपाली

Nepali-National-Songs

हामी पहिले नेपाली अनि मात्र अरू 
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

नेपाली चिनाउने हिमाल सगरमाथा
अरनिको कला र गोर्खाली वीरगाथा  
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान 
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

माघीनाच, धाननाच, सिरूवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान्    
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्‍का, एल्बम– हामी पहिले नेपाली (नवराज सुब्बा)

‘मन र माटो’ Nepali-National-Songs

‘मन र माटो’ कृतिको आमुख ललाट हो । माथा हो कृतिको, शिरपोष मुकुट हो अनि कृतिको नाम अर्थात् ब्यानर हो । जस्ले प्रतीकात्मक रूपमा समूल कृतिको प्रतिनिधित्व पनि गर्दछ । कृतिभित्र क्रमशः आठवटा देशभक्ति गीतहरू, पाँचवटा स्वास्थ्य तथा खेलकुदसम्बन्धी गीतहरू, पाँचवटै बाल तथा संस्थासम्बन्धी गीतहरू, दसैं, होली, नववर्ष गरी सत्रवटा गीतहरू गीतको क्रममा छन् भने अन्त्यमा एक दर्जन गजल शीर्षकमा नवीन रचनाहरू सङ्गृहित छन् । जुन रचनाहरूले विविध विषय–वस्तु, सन्दर्भ, संस्कृति, प्रचलन, परम्परा, स्थानादि र आयामहरू उरालेको देखिन्छ । जसलाई हामी सुब्बा शैलीको सुन्दर काव्य परिकल्पना भन्न पनि सक्दछौं । कृति दारुण र दुरुह लाग्दैन । किनकि सरल र सविनय ढाँचामा रचनाहरू उपस्थित छन् । कविका स्वभावसँग सललल..बगेका छन् रचनाहरू । अर्थात् बुझ्न जटिल छैन । पढ्दै जाने क्रममा आफैले रचना गरेको हो भन्ने भान पर्छ पाठकलाई । यही हो कविको सरल शक्ति पनि।

एउटा कवि हृदयलाई कहिले, किन र कसरी प्रेरित गर्दछ कविता रच्नलाई ? कुन मोड र मुडले उद्वेलित गर्दछ ? कस्तो परिवेशमा कवि लेख्न बाध्य हुन्छ ? कुन परिस्थितिले उसलाई चिमोट्छ ? निचोर्छ ? अनि कुत्कुत्याउँछ कवितातर्फ…..। र लेखिन्छन् गीत, गजलादि । कस्तो याममा कवि हृदय पोखिन्छ …सललल……..रचनाका लहरहरूमा ।

यही हो कुनै कवि वा समीक्षकले अथवा पाठकले भन्न नसक्ने कुरा पनि । कहिलेकाहीँ कवि लेख्न बस्दा एक हरफ पनि लेख्न सक्दैन । र, उ केवल रुमलिएर, घोरिएर वा समय व्यतीत गरेर मात्रै बिताउन पुग्छ भने कहिलेकाहीँ सरासर एक–दुई होइन चार, पाँचवटा रचना त्यो पनि सबल र शक्तिशाली सिर्जना तयार गर्न सक्छ । सायद, कवि डा.सुब्बालाई पनि यस्तो अनुभूति भएको हुनसक्छ । उनका केही रचनाका अंश यहाँ उदृत गर्न सान्दर्भिक रहला…..।

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

– बुलु मुकारुङ, वरिष्ठ संगीतकार तथा अन्वेषक, गीतकार नवराज सुब्बाको ‘मन र माटो’ गीतसंग्रहको भूमिकाको एक अंश

Nepali-National-Songs

Next song Geet Gau Ekatako Youtube

Lyricist- Nawa Raj Subba

Nepali National Songs, Nepali Patriotic Songs by Nawa Raj Subba

Similar Posts

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

  • |

    Bahar Sanga

    २ गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछुउड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छचन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गरसपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Bahar Sanga

    ४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…