तुङदुङ्‍गे मुन्धुम

परिचय

यो tungdunge-mundhum एक किरात आख्यान – एक ज्ञान हो। यो तुङदुङ्‍गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्‍न सकिन्छ।

यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्‍लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्‍याइएको छ।

Rungdunge-Mundhum को महत्व

एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्‍गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।


इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।

Tungdunge-Mundhum कसका लागि

यो अध्ययन विभिन्‍न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्‍न मुन्धुम केलाएर विश्‍लेषण/संश्‍लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

tungdunge-mundhum
तुङङदुङ्‍गे मुन्धुम अध्ययन

Similar Posts

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • बीच बाटोमा ब्यूँझेर

    बीच बाटोमा ब्यूँझेर- कवितासंग्रहकवि- नवराज सुब्बाप्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी,…

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • |

    Shaivism: A Spiritual and Historical Exploration of Its Origins and Evolution

    Dr. Nawa Raj Subba Mythology and Cosmology in the Shaivism Belief System Shaivism is about much more than faith and ceremony; it is a perspective on the dynamic nature of universal energy, one of self-realization, and deep spirituality. In Shaiva, Shiva is “Satchidananda” (Sat-Chit-Ananda) — existence, consciousness, bliss. This research investigates the intellectual and symbolic aspects of Shaivism…