उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

भाद्र ८, २०६९ विराटनगर मोरङ ।
मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका छन् । गत आर्थिक वर्षको वार्षिक समीक्षाको अवसरमा ती तीन स्वास्थ्य संस्थाहरु लगायत १५ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बिगत तीनवर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले यसरी नै उत्कृष्ट स्वास्थ्यकर्मी, कर्मचारी र स्वास्थ्य संस्थाहरुलाई उत्कृष्टताको आधारमा वार्षिक समीक्षाको अवसरमा पुरस्कृत गर्दै आएको जनाएको छ ।

Similar Posts

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…

  • |

    फगिङ मेसिन भोट मेसिन नबनोस्

    डा. नवराज सुब्बा लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २…

  • जग्गादातालाई सम्मान

    मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो । स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द…

  • विराटनगरमा होमियोपैथी दिवस

    चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा…

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

Leave a Reply