कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ ।

भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी वर्षको आर्थिक विवरण तथा योजनाबारे व्यवस्थापन समितिका सदस्य पुण्यप्रसाद दाहाल र इन्द्रप्रसाद भट्टराईले प्रकास पार्नु भयो ।

भवन निर्माण समितिका संयोजक उचितनारायण खवासको अध्यक्षतामा सम्पन्न समारोहमा व्यवस्थापन समितिका हेम गौतम र सेवानिवृत्त राष्ट्रसेवक रणबहादुर बस्नेतलाई प्रशंसापपत्र प्रदान गरियो । उक्त अवसरमा बाबुराम आचार्य, हरिबहादुर कार्की, रुद्र थापा लगायतले स्वास्थ्य केन्द्रको विविध समस्याहरुबारे बोल्नु भएको थियो ।

पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा
सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल