प्रसूती सेवा भवन शिलान्यास

कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ ।

भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी वर्षको आर्थिक विवरण तथा योजनाबारे व्यवस्थापन समितिका सदस्य पुण्यप्रसाद दाहाल र इन्द्रप्रसाद भट्टराईले प्रकास पार्नु भयो ।

भवन निर्माण समितिका संयोजक उचितनारायण खवासको अध्यक्षतामा सम्पन्न समारोहमा व्यवस्थापन समितिका हेम गौतम र सेवानिवृत्त राष्ट्रसेवक रणबहादुर बस्नेतलाई प्रशंसापपत्र प्रदान गरियो । उक्त अवसरमा बाबुराम आचार्य, हरिबहादुर कार्की, रुद्र थापा लगायतले स्वास्थ्य केन्द्रको विविध समस्याहरुबारे बोल्नु भएको थियो ।

Similar Posts

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • |

    मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

    सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

  • द्वन्द्वपीडितलाई सहयोग

    माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा…

  • स्वास्थ्यको लागि एकजूट

    कार्तिक १८, २०६८ । मोरङ इटहरामा १७४ जना मधुमेह भएका व्यक्तिहरु संगठीत भएर “मधुमेह समाज” गठन गरि समूहभित्र र समूदायमा स्वास्थ्यचेतना फैलाउने अभियान सुरु गरेका छन् ।

  • |

    आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

    सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई…