बाणीमा कविगोष्ठी

असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल, हरि प्रसाद बराल, भैरुदास सुराना, लावण्य सापकोटा, कृष्ण कोइराला चारघरे, जयप्रसाद पाण्डे, दीपक सञ्चु, रमेश सायन, शिवनारायण पंडित, चुडामणि नेपाल अकिंचन, रामसागर अधिकारी, माधवप्रसाद मुकुन्द, परशुराम कार्की, दीपकज्योति बस्नेत, शंकर सुबेदी, माया पौडेल, सरिता दाहाल, सरिता तुलाधर, पञ्चम विस्मृत, पुनम अधिकारी, गोविन्द पल्लवी र गंगा कार्कीले कविता, गजल र गीत वाचन गरे ।

प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बलको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा कवि नवराज सुब्बाले सभापतित्व ग्रहण र शुभलक्ष्मी लम्सालले गोष्ठी संचालन गर्नुभएको थियो ।

वाणी प्रकाशन विराटनगरले हरेक १५ दिन शुक्रबार ३ बजेदेखि करिव डेढ घण्टा नयाँ, पुराना कविहरुलाई भेला गराइ नियमित कविगोष्ठी गराउँदै आएको छ । यर्सथमा कतिपय स्रष्टाहरुले वाणी प्रकाशनलाई साहित्यकारहरुको पाठशालाको रुपमा मान्दै आएको पनि बुझिएको छ ।


Similar Posts

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • प्रतिभाशाली विद्यार्थी पुरस्कृत

    मोरङ जिल्लामा सार्वजनिक विद्यालयतर्फ एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पदान गरिने ‘श्री तुलसादेवी भट्टराइ स्मृति छात्रा प्रोत्साहन वाणी पुरस्कार’ श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालय अमरदहकी सुश्री एलिना रिजालले प्राप्त गनुभयो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

Leave a Reply