शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी

असोज २३, २०६७ विराटनगर । मोतीराम साहित्य प्रतिष्ठान विराटनगर र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा बडादशैं, दीपावली, छट्पर्वको पूर्वसन्ध्यामा विराटनगरमा शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठीको आयोजना गरियो ।

सभासद मोती दुगडले उद्घाटन गर्नुभएको समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, प्राज्ञहरू कृष्णभूषण बल, अनिरुद्र तिम्सिना, दधिराज सुबेदी र उद्योगी किशोर प्रधान, श्याम पौडेल र मुकेश उपाध्यायले शुभकामना मन्तव्य दिनुभयो । प्रतिष्ठानकी अध्यक्ष ज्योती जंगलको अध्यक्षतामा भएको कविगोष्ठीमा बरिष्ठ कवि कृष्णभूषण बल, विवश पोखरेल, नवराज सुब्बा, मनु मञ्जिल, मधु पोखरेल, खेम नेपाली, मीनकुमार नवोदिन, सविता गौतम दाहाल, दीपक सञ्चु लगायत डेढ दर्जन स्रष्टाहरूले रचनावाचन गर्नुभयो ।

विराटनगरमा हाल भइरहेको साहित्यिक गतिविधिलाई थप उर्जा दिन उद्योग संगठनबाट आवश्यक सहयोग हुने जानकारी गराइयो । कार्यक्रम तथा कविगोष्ठी कवि गण्डकीपुत्रले सञ्चालन गर्नुभएको थियो ।

Similar Posts

  • पूर्वाञ्चल स्तरीय कविगोष्ठी

    पूर्वाञ्चल स्तरीय कविगोष्ठी

    पूर्वाञचल साहित्य प्रतिष्ठान विराटगरले पूर्वाञ्चल स्तरीय कविगोष्ठी आयोजना गर्ने जनाएको छ ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • Nepal Vidhya Bhushan conferred by the President

    37th National Education Day and 50th International Literacy Day-2016 were observed by organizing various programmes in Nepal. Early this morning at the President residence Sital Niwash Kathmandu, President Bidhya Devi Bhandari conferred Nepal Bidhya Bhusan medals class ‘A’ on 190 students who received PhD degree from various national and international universities. Dr. Nawa Raj Subba…

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

Leave a Reply