बिर्खेको दशैं

यो दुनियाँमा
दुःख दिनेबाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबैसबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई सधैं
हाँस्न सिकाउँछ
मलाई

बन्द छलेर
बाधा पार गर्दै
जबर्जस्ती कफ्र्यू तोड्दै
सुटुक्क आइपुग्यौ तिमी
यो बिर्खेको घरमा
तिम्रो आगमनमा
म एकैछिन भए पनि
खुसी भएको छु
किनकि
तिम्रो नाउँमा केटाकेटीले
पेटभरि खान पाएका छन्
यही निहुँमा भुन्टेकी आमाको
मक्किएको धोती फेरिएको छ ।

Audio Click from BFM

Similar Posts

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….

Leave a Reply