बीच बाटोमा ब्यूँझेर

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह
कवि- नवराज सुब्बा
प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं ।

कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् ! सहअस्तित्वबोधका कविता । २०६३ सालको आयातनमा त्यस वर्षले ल्याएका रोग र शोकका, युद्ध र अग्निका, हडताल, बन्द र महामारीका, तराई र पहाडका गाउँगाउँ नै स्तब्ध हुने कथा छन् । नदी निदाएको बेला कविताले तिनै विपन्न र अन्धकारमा परेका माथिको अन्याय र अत्याचार देखाउँछ । जीवनको भयावहता एक कहाली लाग्दो परिस्थिति । कविले देखेका छन्—

रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा कतै उघ्रेनन्

यो महाभारत आदिम युगको नभई हाम्रै कालको हो, जहाँ निर्धाहरू (कतै बोक्सीको आरोपमा) लाई मृत्युदण्ड दिँदासम्म कोही बोल्दैनन् । अत्याचार चुलिएकै छ । त्यसैले कवि गुहार माग्छन्—

नदी ! ब्यूँझ निद्राबाट
बुद्ध ! अब त उघार आँखा !


Nepali Version Preview/Download

Similar Posts

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…

  • आकाश र आत्मावीचको संवाद

    “आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्। खण्डकाव्य – आकाश र आत्माबीचको…

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • | |

    Janaswasthya Abhyas Anubhuti

    कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस…

Leave a Reply