भीरको चिण्डो

तेञ्जिङ शेर्पा खोज्दै
चुचुरो चढ्दा
यस्तो लाग्यो
यो त
भीर पो रहेछ
एउटा नमीठो पीर
जहाँ म जन्मे, बढें
र कहिले अलि माथि पुगें, हाँसे
घरिघरि लडें अनि रोएँ
तैपनि आजसम्म
भीरदेखि डराएर म कतै भागिन
माया मारेर अन्यत्र पनि लागिन
निरन्तर चढें, बढें, र
अन्ततः फलें
एउटा भीरमा
चिण्डो भएर
र अड्किएँ पीरमा

खै ! कसलाई थाहा होला ?
मेरो अवतरण या मेरो मृत्यु
अनि यो भीर या पीरमा
के फरक छ ?
अनि हाम्रो
गन्तव्य र चिण्डो
किन उस्तै उस्तै देखिन्छ ?

Similar Posts

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

  • आत्महत्या गर्न अघि

    दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र !

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • The Voice of Mukkumling

    Dr. Nawa Raj Subba The Voice of Mukkumlung: A Poetic Tribute to History and IdentityBy Dr. Nawa Raj Subba Mukkumlung, a sacred Limbu heritage site, reverberates with history, spirituality and struggle. Sacred stones around it sing the song of past generations who speak of Sirijanga and Yalambar with reverence. Mukkumlung is more than a place; it stands…

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

Leave a Reply