| |

मनको-मझेरी

नवराज सुब्बाका निबन्धहरू: मनको मझेरी

नवराज सुब्बाद्वारा लिखित “मनको मझेरी” निबन्धसंग्रह २०६४ सालमा वाणी प्रकाशन, विराटनगरद्वारा प्रकाशित एक चर्चित कृति हो। यो संग्रहमा २० वटा निबन्ध समावेश छन्, जसले सामाजिक, सांस्कृतिक, साहित्यिक र व्यक्तिगत अनुभूतिहरूलाई गहिरो रूपमा उजागर गर्छ।


“मनको मझेरी” निबन्धसंग्रह २०६४
मनको-मझेरी
मनको-मझेरी

संग्रहका विशेष निबन्धहरू:

  • नयाँ नेपालको चित्र
  • तस्वीरमा पोखिएका कविताहरू
  • श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई
  • हाक्पारे सङ्गीत
  • आमाका रूपहरू
  • गीतसङ्गीत भित्र देश र जीवन खोज्दै
  • बैंकक शहरमा कोइलीको स्वर
  • सम्झनाको तरेलीमा प्रधानबा

मनको मझेरी का निबन्धहरूले समाजका विविध पक्षहरूको चित्रण गर्दै पाठकको मन छुने प्रयास गरेका छन्। यहाँ संग्रहभित्रका कुनै एक निबन्धलाई नमूनास्वरूप प्रस्तुत गर्दै पाठकको रुचि र प्रतिक्रियालाई समेट्न सकिन्छ।

किन पढ्ने?

  • नेपाली समाज, संस्कृति, र संगीतबारे गहिरो दृष्टिकोण।
  • सरल तर प्रभावकारी भाषा।
  • पाठकलाई आत्मीयता र अनुभूतिले बाँध्ने क्षमता।

यो पुस्तक नेपाली साहित्यका पाठकहरूका लागि अवश्य पढ्नुपर्ने कृति हो।
#NepaliEssays #NawaRajSubba #ManakoMajheri #NepaliLiterature #EssayCollectionप्रकाशकीय

प्रकाशकीय (प्रथम संस्करण)

जीवनसंग साहित्य पप्रगाढ र शाश्‍वत भएर गाँसिएको हुन्छ। यथार्थमा साहित्य जीवनको धमिलो सङ्लो प्रतिबिम्ब हो। मन र मस्तिष्कको मन्थनबाट प्रसुप्त साहित्य एउटा सफल साहित्य हो। जसमा जीवनका अनुभव र अनुभूतिलाई स्रष्टाले आ–आफ्नै शब्दशिल्प र कलाका अभिव्यक्त गर्छन्। ती स्रष्टाका भोगाइहरूभित्र आफ्नै जीवनका प्रतिच्छाया देख्छन्, दृष्य परिदृष्य देख्छन्। सुख–दुख आँसु र हाँसो देख्छन्। एउटा सफल साहित्यले सधैं पाठकको मन र मुटुलाई तरङ्गित पार्दछ, प्रभावित पार्दछ।

नवराज सुब्बा जसलाई हामी यसअघि एक कवितका रुपमा चिन्दथ्यौं एक गीतकार, एक कलाकार र एक स्वास्थ्यकर्मीका रुपमा चिन्दथ्यौं। वाणी प्रकाशनले उहाँको – जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह, जनस्वास्थ्य पाटा, बाटा र अनुभूति स्वास्थ्यसम्बन्धी आलेखसङ्ग्रह केही वर्षअघि प्रकाशित गरेको थियो। आज तिनै स्रष्टाको संस्मरणात्मक निबन्धसङ्रह मनको मझेरीलाई यस प्रकाशनले यहाँहरूसमक्ष प्रस्तुत गरेको छ। एउटा कवि, कलाकारलाई एउटा निबन्धकारको रुपमा राख्न पाउँदा हामीलाई खुसी लागेको छ।

आफ्ना मनका मझेरीमा गाँसिएका संस्मरणहरूलाई निबन्धकार सुब्बाले अति नै सरल र कलात्मक रुपमा प्रस्तुत गरेका छन्। जुन निबन्ध मानवीय समवेदनासँग निकट छन्। ग्रामीण जनजीवनका कथा–व्यथा र विषयवस्तुको विविधता यस सङ्ग्रहभित्रका निबन्धहरूमा पाइन्छन्। स्रष्टा सुब्बाले आफूभित्र जीवन्त भएर रहेका जीवनका सङ्ला धमिला स्मृतिलाई पाठकसमीप राख्ने प्रयास गरेका छन्। भौतिक रुपमा निबन्धका ती पात्रहरू रहे पनि, नरहे तापनि आफ्ना शब्द आलेखमा जीवन्त राखेका छन् ती पात्रहरूलाई। जुन प्रसङ्ग निबन्धहरूसँग गाँसिएका छन्। ती प्रसङ्गहरूलाई निबन्धकारले प्रेरक प्रसङ्गका रुपमा लिएका छन्। आफ्ना सफलताका सूत्र र श्रेयका रुपमा लिएका छन्। पहाडी कुहिरोले ढाकेको सुन्दर गाउँ कुहिरोका पर्दाबाट मुक्त भएर जब आफ्नो कञ्चन सौन्दर्य उद्घाटित गर्छ त्यति बेला सौन्दर्य पारखीहरूका आँखा, मन र मुटुमा एउटा आनन्दको अनुभूति हुन्छ। यस सङ्ग्रहभित्रका निबन्धले त्यस्तै अनुभव र अनुभूति हुने आशा राखेका छौं।  

आँखा, मन र मुटुभित्र अतीतलाई स्मृतिका क्यामेराले कैद गरेर खिचिएको शाब्दिक सुन्दर तस्वीर लेखकको मनको मझेरीमा जसरी टाँसिएको छ, त्यसरी नै पाठकको मनको मनको मझेरीमा पनि टाँसिने र जीवनन्त रहने अपेक्षा राख्दै मनको मझेरी प्रकाशनको अभिभारा दिएकोमा लेखकप्रति यस प्रकाशन हार्दिक धन्यवाद व्यक्त गर्दछ।

वाणी प्रकाशन, विराटनगर, नेपाल

मनको मझेरी

Thuprai

Publications

Similar Posts

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • | |

    Janaswasthya Abhyas Anubhuti

    कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस…

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • |

    प्राचीन नेपालको पुनरूत्थान

    ~पुस्तक लोकार्पण~ शीर्षक: प्राचीन नेपालको पुनरुत्थान: किराँती रैथाने इतिहास र शोध पद्धतिलेखक: डा. नवराज सुब्बाउपलब्ध: ओपन एक्सेस रिपोजिटरीमा निःशुल्कThe Creative Commons Attribution 4.0 International (CC BY 4.0)ISBN (Paperback): 9789937-9958-3-2ISBN (eBook): 9789937-9958-2-5 प्राक्कथन नेपालको इतिहास धेरै समयसम्म लिखित दस्तावेज र दरबारिया वर्णनमा मात्र सीमित रह्यो। यसले हाम्रा प्राचीन जराहरूलाई छायामा पार्यो। यो पुस्तक “प्राचीन नेपालको पुनरुत्थान”…

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…