विद्यालयमा कविता श्रृङ्खला- ७

भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन कार्यक्रम सम्पन्न गर्‍यो । उक्त विद्यालयका विद्याथीहरुबीच भएको कविता प्रतियोगितामा पूजा यादव प्रथम, स्यारोन रेग्मी द्वितीय र सिद्धान्त सुबेदी तृतीय भए । प्रमुख अतिथी प्राज्ञ दधिराज सुबेदीले विजयीलाई सोही अवसरमा पुरस्कृत गरे । विद्यालयका नेपाली विषयका शिक्षक तिलक सापकोटाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रतिष्ठानकी अध्यक्ष कवि ज्योति जंगलले निर्णायकको भूमिका निर्वाह गरिन् ।

कार्यक्रममा साहित्यकार नवराज सुब्बा, कवि सुभलक्ष्मी लम्साल, सविता गौतम, रमेश सायन, हेमन्त बराल, भीम घिमिरे लगायतले विद्यार्थी बालबालिकालाई आ-आफ्ना रचनाहरु सुनाए ।

मन्तव्यको क्रममा समालोचक तथा प्राज्ञ दधिराज सुबेदी र तिलक सापकोटाले साहित्य र श्रृङ्खलाको महत्व बारेमा प्रकाश पारे । कवि गंडकीपुत्रद्वारा संचालित कवि गोष्ठीमा विद्यालयका प्रिसिपल अटल थापा, शिक्षकवर्ग तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

Similar Posts

  • बाणीमा कविगोष्ठी

    असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • प्रतिबिम्ब भाग- २ भिडियो विमोचित

    असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो । आफ्नो ५०…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

One Comment

Leave a Reply